१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १५ शनिबार
  • Saturday, 27 April, 2024
नयाँ पत्रिका काठमाडौं
२०७८ मङ्सिर १९ आइतबार १९:११:००
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

पशुपतिशमशेर राणा भन्छन्– निर्वाचन परिणाम स्विकारेर अघि बढौँ

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७८ मङ्सिर १९ आइतबार १९:११:००

राप्रपाका निवर्तमान अध्यक्ष पशुपतिशमशेर राणाले निर्वाचनको परिणाम स्वीकार गरेर अघि बढ्न नेता तथा कार्यकर्तालाई आग्रह गरेका छन् । पार्टीको एकता महाधिवेशनमा निर्वाचनद्वारा नेतृत्व चयन भएको राणाको भनाइ छ । 

काठमाडौंमा आइतबार आयोजित नवनिर्वाचित केन्द्रीय समितिको शपथग्रहण तथा प्रमाणपत्र वितरण कार्यक्रममा राणाले निर्वाचनको परिणाम स्वीकार गरेर अघि बढ्न आफू तयार रहेको पनि बताए । राणाले राजसंस्था र हिन्दूराज्यको स्थापना गर्ने पार्टीको लक्ष्यप्राप्तिका लागि सशक्त ढंगले अघि बढ्न नेता तथा कार्यकर्तालाई आग्रह गरे ।

उनले भने, ‘मैले चार दिनअघि भनेको थिएँ– सकभर सर्वसम्मति गरौँ । हुन सकेन भने परिणाम स्वीकार गरौँ । म त्यो परिणाम स्वीकार गर्छु । सम्पूर्ण अरू साथीहरूलाई पनि स्वीकार गर्न अनुरोध गर्दछु । साथीहरू बाटो सजिलो छैन । बाटो अन्त्यन्त कठिन छ, तपाईंहरूको सामुन्ने । त्यो बाटो बनाउँदा इमान्दारिता र दक्षताको बाटो लिनुपर्छ । पार्टीले लिएको लक्ष्य राजसंस्था र हिन्दूराज्य स्थापनाका लागि नयाँ नेतृत्वलाई सफलता मिलोस् भन्ने शुभकामना पनि व्यक्त गर्दछु ।’

राणाले राप्रपालाई नयाँ नेतृत्वले मुलुकको वैकल्पिक प्रजातान्त्रिक शक्तिका रूपमा स्थापित गराउने विश्वाससमेत व्यक्त गरे ।