१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २२ शनिबार
  • Saturday, 04 May, 2024
नयाँ पत्रिका काठमाडौं
२o८१ बैशाख २२ शनिबार १७:२५:oo
Read Time : < 1 मिनेट
ad
ad
समाचार डिजिटल संस्करण

संस्कृतिविद् जोशीका बारेमा कोरिएका पेन्टिङ प्रदर्शन हुँदै

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ बैशाख २२ शनिबार १७:२५:oo

संस्कृतिविद् सत्यमोहन जोशी तथा उनको जीवनमाथि कोरिएका पेन्टिङहरू प्रदर्शन गरिने भएको छ। सोमबारदेखि पाटन बखुम्बहालस्थित उनकै निवासमा पेन्टिङ प्रदर्शन गर्न लागिएको हो। पेन्टिङमा जोशीले गरेका काम, उनको दिनचर्या र उनको जीवन–आकृति कोरिएको बताइएको छ। प्रदर्शनीमा करिब ४० वटा पेन्टिङ राखिनेछन्। त्यसमध्येबाट उत्कृष्ट पेन्टिङ छनोट गरिनेछ।

योङ पिकासो नामक संस्थाले दुई वर्षअघि चार सय विद्यार्थीलाई तालिम दिएर पेन्टिङ कोर्न लगाएको थियो। त्यतिवेला सत्यमोहन जोशीलाई अगाडि राखेर उनको जीवन र उनको बारेमा पेन्टिङ कोर्न लगाइएको थियो। उक्त तालिमका क्रममा कोरिएका उत्कृष्ट पेन्टिङ प्रदर्शनीमा राखिनेछन्।

ad
ad