१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Friday, 09 May, 2025
Invalid date format १५:३६:oo
Read Time : < 1 मिनेट
खेलकुद डिजिटल संस्करण

पालिकास्तरीय फुटबल प्रतियोगिताको उपाधि आयोजक चुलाचुलीलाई

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
Invalid date format १५:३६:oo

बालाचतुर्दशीको अवसरमा धनकुटाको छथर जोरपाटी गाउँपालिकाको चुलाचुलीमा आयोजित पालिकास्तरीय फुटबल प्रतियोगिताको उपाधि आयोजक चुलाचुली युवा क्लबले जितेको छ। शनिबार भएको फाइनल खेलमा आयोजक चुलाचुलीले सिंहदेवी क्लबलाई पेनाल्टी सुट आउटमा ४–२ गोलले हराउँदै उपाधि जितेको हो।

निर्धारित समयमा खेल २–२ गोलको बराबरी टुंगिएपछि थप गरिएको तीन मिनेटमा कुनै गोल नभएपछि खेल पेनाल्टी सुट आउटमा गएको थियो। जितसँगै चुलाचुलीले ४० हजार तथा उपविजेता सिंहदेवीले २५ हजार रुपैयाँसँगै ट्रफी, मेडल र प्रमाणपत्र पाएको छ ।

छथर जोरपाटी गाउँपालिकाको आर्थिक सहयोगमा १४ गतेदेखि सुरु भएको प्रतियोगितामा पालिकाका १० क्लबहरूले सहभागिता जनाएका थिए। चुलाचुली बजारमा रहेको अहिमानेश्वर शिवालयमा हरेक वर्षको बालाचतुर्दशीमा फुटबल प्रतियोगिता आयोजना गरिँदै आएको छ।