१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Friday, 09 May, 2025
नयाँ पत्रिका काठमाडौं
Invalid date format १५:३१:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

कार्यबाहक नतोक्नु नै महाभियोग लगाउन पर्याप्त आधार : वरिष्ठ अधिवक्ता कार्की 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
Invalid date format १५:३१:oo

वरिष्ठ अधिवक्ता बद्रीबहादुर कार्कीले प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराले कार्यबाहक नतोक्नु नै महाभियोगका लागि पर्याप्त आधार भएको बताएका छन्। शुक्रबार नेपाल बार एसोसियसनको प्रांगणमा आयोजित न्यायपालिकाको सुधार : सम्भावना र चुनौती विषयक छलफल कार्यक्रममा कार्कीले यस्तो बताएका हुन्।

जबरा विश्व इतिहासमै धेरै कलंकित प्रधानन्यायाधीशको रेकर्ड बनाएको भन्दै उनले पदको सम्मान राख्न नसकेको आरोप लगाए। 'विश्व इतिहासमा नै नेपालमा यत्तिको कलंकित प्रधानन्यायाधीश थिए भनेर रेकर्ड राखिसक्नुभएको छ। उहाँले आफ्नो  पदको सम्मान राख्नसक्नुभएन,' कार्कीले भने, 'प्रधानन्यायाधीशलाई सचिवालयको व्यवस्था गरेको छ। सचिवालयले प्रधानन्यायाधीशलाई कोरोना संक्रमित भएको सूचना दिनुपर्थ्यो। सूचना दिनुपर्ने र कार्यबाहक प्रधानन्यायाधीश नतोकेर काममा अवरोध गर्ने कस्तो प्रधानन्यायाधीश ? यो नै महाअभियोगका लागि पर्याप्त आधार हो।'

अन्य १८ न्यायाधीशहरूले पनि कायममुकायम टुंगो लगाउन नसकेकाले उनीहरू पनि असफल भएको उनले टिप्पणी गरे। यो विषय संसदीय समितिबाट छानबिन हुनुपर्ने भन्दै उनले जबराविरुद्ध महाभियोग लगाउन संसद् सक्रिय नभएकोमा असन्तुष्टि जनाए। उनले भने, 'एउटा जाहेरी परेपछि पुलिस अफिसर त सक्रिय हुन्छ।महाअभियोग लगाउन किन संसद् सक्रिय हुँदैन ?'