१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ जेठ ५ शनिबार
  • Saturday, 18 May, 2024
२o८१ जेठ ५ शनिबार o६:३४:oo
Read Time : < 1 मिनेट
ad
ad
अर्थ प्रिन्ट संस्करण

राष्ट्रिय बिमा संस्थानका कर्मचारीलाई विनाधितो १५ लाखसम्म कर्जा

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८१ जेठ ५ शनिबार o६:३४:oo

राष्ट्रिय बिमा संस्थानका कर्मचारीलाई नेपाल बैंक लिमिटेडले १५ लाखसम्मको विनाधितो कर्जा दिने भएको छ । बैंक र बिमा संस्थानबीच भएको सम्झौताअनुसार बिमा संस्थानका कर्मचारीलाई विनाधितो सुलभ ब्याजदरमा कर्जा उपलब्ध गराइने भएको हो ।

नेपाल बैंक लिमिटेडका प्रमुख कार्यकारी अधिकृत कृष्णबहादुर अधिकारी र राष्ट्रिय बिमा संस्थानका प्रशासक कविप्रसाद पाठकको रोहवरमा बैंकको तर्फबाट काठमाडौं बैंकिङ अफिसका मुख्य प्रबन्धक सुन्दर पन्थी र बिमा संस्थानका तर्फबाट व्यवस्थापक भोलानाथ घिमिरेले सम्झौतापत्रमा हस्ताक्षर गरेका हुन् ।

उक्त कार्यक्रमलाई सम्बोधन गर्दै नेपाल बैंकका प्रमुख कार्यकारी अधिकृत अधिकारीले सम्झौताबाट राष्ट्रिय बिमा संस्थानका सम्पूर्ण कर्मचारी लाभान्वित हुने विश्वास व्यक्त गरे । राष्ट्रिय बिमा संस्थानका प्रशासक पाठकले नेपाल बैंक लिमिटेडले  विनाधितो सेवाग्राही कर्जा सुविधा प्रदान गरेकोमा नेपाल बैंकप्रति आभार व्यक्त गरेका छन् । 

ad
ad