१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Tuesday, 01 July, 2025
Invalid date format १२:५o:oo
Read Time : < 1 मिनेट
विश्व डिजिटल संस्करण

ओमिक्रोन भेरियन्टबारे डब्लुएचओले अनुसन्धान गर्ने

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
Invalid date format १२:५o:oo

विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)ले हालै अफ्रिकामा देखापरेको भनिएको कोरोनाको ओमिक्रोन भाइरस के–कत्तिको खतरनाक छ र यसले मानिसको स्वास्थ्यमा कति क्षति गर्छ भन्नेबारेमा अनुसन्धान हुन बाँकी रहेको बताएको छ। डब्लुएचओले यो भाइरस मानिसबाट मानिसमा सजिलै सर्छ या यसले मानिसको स्वास्थ्यमा के–कति मात्रामा क्षति गर्छ भन्ने विषयमा अनुसन्धान जारी रहेको र अहिले नै यसको खतरनाक स्वरूपबारे स्पष्ट नभएको  जनाएको छ।

दक्षिण अफ्रिकाको धेरै जनसंख्या रहेको प्रान्त खाउतेङमा हालै मात्र यो कोरोना भाइरसको यो नयाँ भेरिएन्ट देखिएको बताइएको छ। यहाँ गएको दुई सातायताका परीक्षणहरूमा यो भेरिएन्टको विकास भएको बताइएको छ। त्यसपछि यो भाइरस दक्षिण अफ्रिकाका अन्य प्रान्तमा पनि देखिएको छ। ओमिक्रोनलाई यसअघिको डेल्टा भाइरसभन्दा पनि खतरनाक र चिन्ताजनक भेरिएन्ट भनिएको छ। प्रारम्भिक प्रमाणहरूले उक्त भेरिएन्टमा यसअघिका भाइरसहरूमा भन्दा पनि संक्रमणको जोखिम उच्च रहेको बताइएको छ।

डब्लुएचओले दक्षिण अफ्रिकामा यो नयाँ भेरिएन्ट भेटिएको भनिएको सो प्रान्तमा कोरोना भाइरसका कारण मानिसहरू भर्ना हुनेहरू बढिरहेको पाइएको बताइएको छ, तर पनि यो नयाँ भेरिएन्ट के–कति मात्रामा बढी घातक छ भन्नेबारे भने अझै अनुसन्धान भइनसकेको जनाएको छ। यो महिनाको सुरुमा दक्षिण अफ्रिकामा पत्ता लागेको यस भाइरसबारे गत बुधबार डब्लुएचओलाई जानकारी गराइएको थियो।

सो भेरिएन्ट केही दिनमै विश्वका कैयौँ देशमा फैलिइसकेको बताइएको छ। बेलायतमा पनि यो नयाँ भेरिएन्ट देखिएको बताइएको थियो। त्यस्तै आइतबार यो भेरिएन्ट क्यानडामा पनि देखिएको बताइएको छ। रासस/सिन्ह्वा