१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Friday, 09 May, 2025
नयाँ पत्रिका काठमाडाैं
Invalid date format १५:१५:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

राष्ट्रिय जनगणना २०७८ सम्पन्न, प्रारम्भिक नतिजा तीन महिनाभित्र आउने 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
Invalid date format १५:१५:oo

राष्ट्रिय जनगणना ०७८ कुनै पनि प्रकारको अवरोधविना सम्पन्न भएको केन्द्रीय तथ्यांक विभागले जनाएको छ।  

केन्द्रीय तथ्यांक विभागले शुक्रबार पत्रकार सम्मेलन गर्दै कात्तिक २५ गतेदेखि मंसिर ९ गतेसम्म भएको राष्ट्रिय जनगणना ०७८ विना कुनै अवरोध सम्पन्न भएको बताएको हो। राष्ट्रिय जनगणनाको सम्बन्धमा केही आशंकाहरू सामाजिक सञ्जालमा उब्जिएको भए पनि विभागले सम्बन्धित पक्षहरूसँग छलफल गरी जनगणना कार्यलाई अगाडि बढाएको केन्द्रीय तथ्यांक विभागका महानिर्देशक नेविनलाल श्रेष्ठले बताए। 

महानिर्देशक श्रेष्ठले नेपालको जनसंख्या दुई करोड ८० लाखदेखि तीन करोडको हाराहारीसम्म पुग्ने अनुमान गरिएको बताए। जिल्ला जनगणना कार्यालयबाट मंसिर मसान्तसम्ममा जिल्लाको विवरण केन्द्रमा आउने भन्दै उनले केन्द्रीय तथ्यांक विभागले विवरण इन्ट्री गर्न ६ देखि आठ महिना लाग्ने जानकारी दिए। एक वर्षपछि जनगणनाको रिपोर्टहरू निकाल्न सुरु गर्ने र दुई वर्षभित्रमा जनगणनाको सम्पूर्ण क्रियाकलाप सम्पन्न गर्ने उनको भनाइ छ। जनसंख्याको प्रारम्भिक नतिजा तीन महिनाभित्र आउने महानिर्देशक श्रेष्ठले बताए। 

उनले भने, ‘डाटा इन्ट्री गर्न ६ देखि आठ महिना लाग्ने अनुमान गरेका छौँ। डाटा इन्ट्री सकिएपश्चात् त्यसको रिपोर्ट निकाल्ने क्रम जारी गर्छौँ। आजको एक वर्षपछि मात्र नेसनल रिपोर्टदेखि डिटेल्स रिपोर्टहरू निकाल्ने क्रम जारी हुँदै जान्छ। यो सँगसँगै अबको दुई वर्षमा हाम्रो सेन्ससको इक्टिभिटिज सबै कम्प्लिट हुन्छ। नेपालको जनसंख्याको प्रारम्भिक नतिजा आजको मितिले तीन महिनाभित्र दिन सक्छौँ।’

केन्द्रीय तथ्यांक विभागले देशभरका सम्पूर्ण भूभागमा जनगणना सम्पन्न गरिसकेको बताएको छ। केही विवादित क्षेत्रहरूमा भने कूटनीतिक पहल गरी छिट्टै गणना सम्पन्न गर्ने जनाएको छ।