मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं २o७८ मङ्सिर ९ बिहीबार
  • Saturday, 12 July, 2025
फाइल तस्बिर
नयाँ पत्रिका काठमाडाैं
२o७८ मङ्सिर ९ बिहीबार १८:२२:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

ओलीलाई वाग्लेको सुझाब : नारायणी किनारबाट तपाईं देवघाट जानुस् (भिडियाेसहित)

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
२o७८ मङ्सिर ९ बिहीबार १८:२२:oo

नागरिक अभियन्ता नारायण वाग्लेले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई देवघाट जान सुझाब दिएका छन्। भोलिदेखि सुरु हुने एमालेको दशौँ राष्ट्रिय महाधिवेशनका लागि चितवन पुगेका ओलीलाई वाग्लेले नारायणी किनारबाट देवघाट जान सुझाब दिएका हुन्।

प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराको राजीनामा माग गर्दै बिहीबार सर्वोच्च अदालतदेखि बालुवाटारसम्मको मार्चपासमा बृहत् नागरिक आन्दोलनका तर्फबाट सहभागी भएका वाग्लेले ओलीलाई यस्तो सुझाब दिएका हुन्।

मार्चपासपछिको कोणसभालाई सम्बाेधन गर्दै वाग्लेले भने, ‘न्यायालयको समस्या छरपस्ट हुँदा पनि फैसला (प्रतिनिधिसभा विघटनको विरुद्धमा) गर्ने न्यायाधीश सबैले राजीनामा दिउन् भनेर न्यायपालिकाप्रतिको भूमिका बिर्सिने नेतालाई म भन्छु – तपाईं काठमाडौं नफर्कनुस्। नारायणी किनारबाट देवघाट जानुस्। पाँच लाख कार्यकर्ताले एक-एक रुपैयाँ उठाए भने पनि तपाईंलाई सुनको कमाण्डलु किन्न पुग्छ।’

सडकको मुद्दाको बलमा सत्तामा जाने र सत्तामा गएको भोलिपल्टदेखि प्रतिगमनको मतियार हुने या आफैँ प्रतिगमनको सूत्रधार हुने सम्पूर्ण राजनीतिक पंक्तिलाई जवाफ दिनका लागि बृहत् नागरिक आन्दोलन  निरन्तर जागिरहने पनि उनले बताए।

हेर्नुहाेस् भिडियाे :