Skip This
भदौमा पाथीभरामा करिब १० लाख भेटी संकलन
मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं २o८२ भदौ ३१ मंगलबार
  • Tuesday, 16 September, 2025
२o८२ भदौ ३१ मंगलबार २१:१o:oo
Read Time : < 1 मिनेट
समाचार

भदौमा पाथीभरामा करिब १० लाख भेटी संकलन

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८२ भदौ ३१ मंगलबार २१:१o:oo

प्रसिद्ध तीर्थस्थल ताप्लेजुङको पाथीभरामा भदौ महिनामा करिब १० लाख रुपैयाँ भेटी संकलन भएको छ। पाथीभरा क्षेत्र विकास समितिका अनुसार भदौमा चार हजार ५०३ तीर्थयात्रीले पाथीभरा मन्दिरको दर्शन गरेका छन्। 

समितिका निर्देशक प्रजिन हाम्बाङका अनुसार भदौमा नौ लाख ९७ हजार रुपैयाँ भेटी संकलन भएको छ । पाथीभरा मन्दिर नेपाली हिन्दु तथा किरात धर्मावलम्बीहरूमा श्रद्धाको केन्द्रका रूपमा रहेको छ।

विशेष गरी दसैँको नाैरथा तथा चैत महिनामा यहाँ हजारौँ दर्शनार्थी पुग्ने गर्छन्। तीर्थयात्रीहरूको निरन्तर आगमन र श्रद्धाभावका कारण मन्दिरको धार्मिक, सामाजिक तथा आर्थिक महत्व बढ्दै गएको छ। स्थानीय तह, मन्दिर व्यवस्थापन समिति तथा सुरक्षा निकायको सहकार्यमा दर्शनार्थीहरूको सुविधाका लागि विभिन्न पूर्वाधार निर्माण भइरहेको छ।