१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Friday, 04 July, 2025
रमेश रावल वीरेन्द्रनगर
Invalid date format १४:५८:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

कांग्रेस महाधिवेशन प्रतिनिधिमा दुई पूर्वमन्त्री पराजित 

Read Time : < 1 मिनेट
रमेश रावल, वीरेन्द्रनगर
नयाँ पत्रिका
Invalid date format १४:५८:oo

सुर्खेतमा नेपाली कांग्रेसका दुई पूर्वमन्त्री र पार्टीका जिल्ला सभापति केन्द्रीय महाधिवेशन प्रतिनिधिमा पराजित भएका छन्। सुर्खेतको निर्वाचन क्षेत्र नं. २ बाट पूर्वमन्त्रीद्वय शिवराज जोशी र खड्कबहादुर बस्याल तथा हालका पार्टी सभापति कमलराज रेग्मी पराजित भएका हुन्। 

सुर्खेतको निर्वाचन क्षेत्र २ प्रधानमन्त्री तथा पार्टी सभापति शेरबहादुर देउवा र वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षले प्यानलगत चुनावमा होमिएका थिए। महाधिवेशन प्रतिनिधिमा पराजित पार्टी सभापति रेग्मी र पूर्वमन्त्रीद्वय जोशी र बस्याल पौडेल समूहका नेता हुन्। निर्वाचन समितिका अनुसार पार्टी सभापति रेग्मीले तीन सय २० मत प्राप्त गरे। यस्तै पूर्वमन्त्री जोशीले तीन सय १० मत प्राप्त गरे। 

पार्टी सभापति रेग्मी दोस्राे कार्यकालका लागि पार्टी सभापतिमा चुनाव लड्ने तयारीमा रहेका थिए।  यस्तै केन्द्रीय महाधिवेशन प्रतिनिधिका लागि दलित कोटाबाट उम्मेदवारी दिएका पूर्वस्वास्थ्य राज्यमन्त्री खड्कबहादुर बस्याल पनि पराजित भएका छन्। उनले तीन सय दुई मत ल्याए। संस्थापन समूहका लोकबहादुर विश्वकर्माले चार सय ७३ मत ल्याएर विजयी भए। 

क्षेत्र नं. १ को क्षेत्रीय कार्यसमितिको सभापतिमा संस्थापन समूहका झकबहादुर डाँगीले सात सय १९ मत ल्याएर विजयी हुँदा पौडेल समूहका बलबहादुर वलीले एक सय तीन मत मात्रै प्राप्त गरे। 

त्यस्तै, क्षेत्र नं. २ को क्षेत्रीय कार्यसमितिको सभापतिमा संस्थापन समूहका इन्द्रबहादुर रावत विजयी भए। उनले चार सय ८६ मत ल्याए। उनका प्रतिद्वन्द्वी पौडेल समूहका ललित भट्टराईले दुई सय ८८ मत प्राप्त गरे। 

कांग्रेस महामन्त्री खड्काले जिते चुनाव

नेपाली कांग्रेसका महामन्त्री पूर्णबहादुर खड्का केन्द्रीय महाधिवेशन प्रतिनिधि निर्वाचित भएका छन्। सुर्खेतको प्रतिनिधिसभा निर्वाचन क्षेत्र नं. १ बाट उम्मेदवारी दिएका खड्काले सात सय ३६ मत प्राप्त गरे। मंगलबार भएको निर्वाचनमा आठ सय ७४ मत खसेको थियो।