१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Tuesday, 01 July, 2025
Invalid date format १३:२४:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

झापाबाट नाै जुवाडे पक्राउ

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
Invalid date format १३:२४:oo

प्रहरीले झापाबाट नाैजना जुवाडे पक्राउ गरेको छ। जिल्लाको दमक नगरपालिका– ५ स्थित टेकबहादुर कार्कीको घरमा जुवातास खेलिरहेका छन् भन्ने गोप्य सूचनाका आधारमा इलाका प्रहरी कार्यालय दमकबाट खटिएको प्रहरी टोलीले नौजनालाई पक्राउ गरेको हो। 

पक्राउ पर्नेहरूमा दमक नगरपालिका– ५ बस्ने ४६ वर्षीय टेकबहादुर कार्की, ५१ वर्षीय कुशराज खत्री, ५४ वर्षीय सुरेश भण्डारी, ३८ नारायण कडरिया, ४१ वर्षीय सूर्य न्यौपाने, ४० वर्षीय खगेन्द्र राजवंशी, ४८ वर्षीय खगेन्द्र भुजेल, दमक नगरपालिका– ८ बस्ने २९ वर्षीय प्रदीप थापा र कमल गाउँपालिका– ५ बस्ने ३० वर्षीय सुरेश सुब्बा रहेका छन्। उनीहरूलाई २९ हजार रुपैयाँसहित मंगलबार पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ। 

पक्राउ पर्नेहरूलाई इलाका प्रहरी कार्यालय दमकमा राखी आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।