मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
२०७८ मङ्सिर ८ बुधबार ०६:३८:००
Read Time : > 1 मिनेट
खेलकुद प्रिन्ट संस्करण

फिफाको द बेस्ट अवार्ड मनोनयन सार्वजनिक

Read Time : > 1 मिनेट
२०७८ मङ्सिर ८ बुधबार ०६:३८:००

विश्व फुटबलको सर्वोच्च निकाय फिफाले यस वर्षको उत्कृष्ट खेलाडी तथा प्रशिक्षक मनोनयन सार्वजनिक गरेको छ । एक वर्षको प्रिमियर लिग, च्याम्पियन्स तथा राष्ट्रिय फुटबल टोलीमा गरेको प्रदर्शन आधारमा फिफाले प्रत्येक वर्ष, उत्कृष्ट पुरुष, महिला, प्रशिक्षक, गोलरक्षक गरी विभिन्न ६ विधामा परेका व्यक्तित्वलाई द बेस्ट भनी पुरस्कृत गर्छ । 

फिफाले पुरुष तथा महिलातर्फ समान १३ खेलाडीका नाम सोमाबार सार्वजनिक गरेको हो । पुरुष र महिला प्रशिक्षकका नाम सार्वजनिक भएको छ । फिफाले पुरुष खेलाडीतर्फ ११ नाम उल्लेख गर्दा स्टार खेलाडी भरिएका छन् । साविक विजेता रोवर्ट लेवान्डोस्की, सर्वाधिक विजेता लियोनल मेसी, क्रिस्टियानो रोनाल्डो तथा करिम बेन्जिमा रहेका छन् । यसैगरी केभिन डे ब्रुयन, एर्लिङ हलान्ड, जर्गिन्हो, कोन्टे, केलियन एम्बाप्पे, नेमार जुनियर तथा मोहमद सलाह रहेका छन् । 

फिफाले विजेताको नाम १७ जनवरीमा घोषणा गर्नेछ । फिफाले सदस्य राष्ट्रको कप्तान, प्रशिक्षक, खेल पत्रकार र समर्थकको भोटका आधारमा फिफा वर्ष खेलाडी घोषणा गर्ने गर्छ । भोटिङ १० डिसेम्बरसम्म रहेको छ । स्पेनिस ला लिगामा बेन्जिमाले उत्कृष्ट प्रदर्शन गरिरहेका छन् । रियल म्याड्रिड ला लिगाको शीर्ष स्थानमा रहनमा बेन्जिमाको योगदान अहम् रहेको छ । यसै सिजनमा बार्सिलोनासँग नाता तोड्दै मेसी फ्रान्सको पेरिस सेन्ट जर्मेन (पिएसजी) मा आबद्ध भए । 

उनी पछिल्लो समय पिएसजीमा उत्कृष्ट लयमा देखिएका छन् । अर्को वर्ष कतारमा हुने विश्वकपमा अर्जेन्टिनालाई स्थान पक्का गराउन मेसीको योगदान बिर्सन मिल्दैन । सिरिए क्लब युभेन्ट्सबाट म्यानचेस्टर युनाइटेड फर्किएका रोनाल्डोले प्रदर्शन उतारचढाव भइरहेको छ । सुरुवाती दिनमा रोनाल्डोले म्यानचेस्टरको जितमा निर्णायक भूमिका निर्वाह गरेका थिए । तर, पछिल्लो सातमध्ये पाँच खेलमा हारको सामना गरेको म्यानेस्टरले रोनाल्डोबाट सोचेजस्तो योगदान पाउन सकेको छैन । 
यता साविक विजेता तथा बायर्न म्युनिखका मुख्य खेलाडी लेवान्डोस्की पनि फर्ममै छन् । बुन्डेस लिगामा उनको जादू चलिरहेको छ । ब्राजिललाई लगातार विश्वकपमा पुर्‍याएका नेमार पिएसजीमा संघर्षरत नै छन् । तर, उनले ब्राजिलियन राष्ट्रिय टोलीमा गतिलो प्रदर्शन गरिरहेका छन् । 

उत्कृष्ट गोलरक्षकमा जियानुलुइजीको सम्भावना बलियो
उत्कृष्ट गोलरक्षकमा इटालीलाई युरोकप च्याम्पियन बनाएका जियानुलुइजीको सम्भावना बलियो छ । उनलाई लिभरपुल तथा ब्राजिलका गोलरक्षक एलिसन बेकरले चुनौती दिन सक्छन् । यसैगरी द बेस्ट गोलरक्षकमा चेल्सीका इडुआर्ड मेन्ड, बायर्न म्युनिखका म्यानुयल नुयर तथा डेनामार्कका कास्पर स्माइकल छन् ।