१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ जेठ ४ शुक्रबार
  • Friday, 17 May, 2024
नयाँ पत्रिका काठमाडौं
२o८१ जेठ ४ शुक्रबार १३:३४:oo
Read Time : < 1 मिनेट
ad
ad
मुख्य समाचार डिजिटल संस्करण

शान्ति प्रक्रियाका बाँकी काम सम्पन्न गर्न प्रतिबद्ध छौँ : अध्यक्ष प्रचण्ड

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ जेठ ४ शुक्रबार १३:३४:oo

नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले शान्ति प्रक्रियाका बाँकी काम सम्पन्न गर्न प्रतिबद्धता जनाएका छन्। विस्तृत शान्तिसम्झौता सम्पन्न भएको १५ वर्ष पूरा भएको अवसरमा आइतबार प्रेस वक्तव्य जारी गर्दै प्रचण्डले युद्धलाई शान्तिमा रूपान्तरण गर्ने क्रममा भएका कमीकमजोरीहरूको छानबिन गर्न प्रतिबद्धता जनाएका हुन्।

‘युद्धलाई शान्तिमा रूपान्तरण गर्ने ऐतिहासिक काम सम्पन्न भए पनि सो अवधिमा घटेका घटनाको सत्यतथ्य छानबिन गरी सार्वजनिक गर्न, पीडितहरूलाई परिपूरण र संक्रमणकालीन न्यायको मान्यतामा आधारित छानबिनको प्रक्रियाबाट टुंगाेमा पुर्‍याई समाजमा मेलमिलाप कायम गर्ने कार्यभार बाँकी छ । आजसम्मका राजनीतिक उपलब्धिहरूप्रति गर्व गर्दै सो क्रममा भएका कमी–कमजोरीहरूको छानबिन गरी सत्यतथ्य सार्वजनिक गर्न हामी प्रतिबद्ध छौँ,’ जारी वक्तव्यमा उल्लेख छ।

पछिल्लो १५ वर्षमा राज्य पुनर्संरचना, लोकतन्त्रको संस्थागत, समावेशी–समानुपातिक सहभागितामा आधारित संघीय लोकतान्त्रिक गणतन्त्रको संविधान जारीलगायतका प्रक्रियामा योगदान गर्ने सबैलाई अध्यक्ष प्रचण्डले बधाई तथा धन्यवाद ज्ञापन गरेका छन्।

प्रेस वक्तव्यको पूर्णपाठ :

 

ad
ad