१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ जेठ २ बुधबार
  • Wednesday, 15 May, 2024
नयाँ पत्रिका काठमाडौं
२o८१ जेठ २ बुधबार o७:५o:oo
Read Time : > 1 मिनेट
ad
ad
अर्थ प्रिन्ट संस्करण

साताभर नेप्से परिसूचक ७८ अंकले बढेर दुई हजार सात सय ६९ बिन्दुमा

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ जेठ २ बुधबार o७:५o:oo

२८ सय छोएर घट्यो नेप्से, दैनिक औसत कारोबार रकम ५ प्रतिशत बढ्यो 

गत साताभरमा नेप्से परिसूचक ७८ अंकले बढेर दुई हजार सात सय ६९ बिन्दुमा आइपुगेको छ । गत साता पाँचै दिन खुलेको बजारमा अघिल्लो साताभन्दा ७४ प्रतिशतले कारोबारमा वृद्धि भएको छ । अघिल्लो साता भने तीन दिन मात्र बजार खुलेको थियो । त्यसैले गत साता औसत दैनिक कारोबार रकम भने ४ दशमलव ५६ प्रतिशतले मात्र वृद्धि भएको छ । साताभरमा २८ अर्ब रुपैयाँको कारोबार भएको हो भने दैनिक औसत कारोबार रकम पाँच अर्ब ६० करोड छ । अघिल्लो साता दैनिक औसत कारोबार पाँच अर्ब ३५ करोड थियो । 

गत साता टेलिकम सूचीकृत ‘अन्य’, वित्त, जलविद्युत् र होटेल तथा पर्यटन सूचकमा सबैभन्दा धेरैले वृद्धि भएको छ । यी समूहमा ५ देखि १६ प्रतिशतसम्म वृद्धि भएको हो । गत साता मानुषी लघुवित्तका लगानीकर्ताले सबैभन्दा धेरै ६१ प्रतिशतसम्म कमाउन सफल भए भने लक्ष्मी लघुवित्तका लगानीकर्ताले सबैभन्दा धेरै करिब १६ प्रतिशत गुमाएका छन् । 

साहस ऊर्जाको सबैभन्दा धेरैपटक सेयर किनबेच भयो भने महालक्ष्मी विकास बैंकको सबैभन्दा धेरै रकम कारोबार भएको छ । खराब कर्जा ३ प्रतिशतमाथि भए पनि महालक्ष्मीको चालू आवको पहिलो त्रैमासमा नाफा रकमका आधारमा विकास बैंकहरूमा दोस्रो, प्रतिसेयर आम्दानीमा दोस्रो देखिएका कारण लगानीकर्ता आकर्षित हुँदै आएका थिए । यही कारण केही समयअघि आठ सय ८३ सम्म पुगेको कम्पनीमा अहिले भने लगानीकर्ताले नाफा बुकिङ गरिरहेका छन् । यसबीच लगानीकर्ताले प्रतिकित्ता एक सय २० रुपैयाँसम्म नाफा बुकिङ गरिसकेका छन् । उच्च बिन्दुमा किन्नेलाई पनि यति नै रकम नोक्सान देखिएको छ । 

प्रवृत्ति अस्पष्ट 
अल्पकालीन विश्लेषण औजार मैनबत्ती चित्रअनुसार गत बुधबारयता नेप्सेको बुलिस प्रवृत्ति कमजोर हुन थालेको देखिन्छ । बुधबार सुटिङ स्टार आकृति बनाएको छ भने त्यसपछिको दिन कालो मैनबत्ती आकृति । यसले बजारको वृद्धि रोकिन सक्ने संकेत गरिरहेको छ । 

केही दिनअघि नेप्सेको सातदिने मुभिङ रेखाले २१ दिने मुभिङ रेखालाई काटेको भए पनि यी दुवै रेखा पुनः नजिकिएका छन् । छोटो–छोटो अवधिमा यसको प्रवृत्तिमा परिवर्तन हुन थालेको देखिन्छ । किनकि, २१ दिने रेखाले माथि लाग्न थालेजस्तो गरी अगाडि बढेको छ । सातदिने रेखा माथि हुँदा बजार बुलिस रहेको मानिन्छ भने यदि २१ दिने रेखा माथि रहेमा बजार बियरिस प्रवृत्तिमा रहेको विश्लेषण गरिन्छ । 

१४ दिने आरएसआई सूचकले पनि पछिल्लो समय बजारमा अधिक खरिदमा सुधार भएर पुनः सन्तुलनमा आउन थालेको संकेत गरिरहेको छ । गत दुई दिनमा यो स्केलको ६८ बिन्दुमा रहेको भए पनि बिहीबार ५२ स्केलमा छ । स्केल ३० मुनि रहे बजारमा अधिक बिक्री भइरहेको, ३० देखि ७० मा रहे माग र आपूर्ति सन्तुलित र ७० माथि रहे अधिक खरिद क्षेत्रमा आएको विश्लेषण गरिन्छ । 

गत साताका लागि उच्च बिन्दु दुई हजार आठ सय २५ बनाएको नेप्सेको पिभट विश्लेषणअनुसार आगामी एक सातामा दुई हजार ६ सय ८३ मा पहिलो टेवा पाउनेछ । यसबाट टेवा पाएर बढेमा पहिलो प्रतिरोध दुई हजार आठ सय ४० हुनेछ । 

ad
ad