मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
नयाँ पत्रिका काठमाडौं
२०७८ मङ्सिर ५ आइतबार ०७:२२:००
Read Time : < 1 मिनेट
मुख्य समाचार प्रिन्ट संस्करण

प्रचण्ड र विप्लवबीच छलफल : अहिले सहकार्य, भविष्यमा एकता

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७८ मङ्सिर ५ आइतबार ०७:२२:००

माओवादी केन्द्र र नेपाल कम्युनिस्ट पार्टीबीच तत्काल सहकार्य गर्ने र त्यसलाई पार्टी एकतासम्म पुर्‍याउने गरी नेतृत्व तहमा छलफल भएको छ । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेकपाका महासचिव नेत्रविक्रम चन्द विप्लवबीच शनिबार दुई पार्टीबीच सहकार्य र एकता गर्ने विषयमा छलफल भएको हो ।

केही समययता पूर्वमाओवादी शक्तिहरूबीच एकताको प्रयास भइरहेको छ । सोही क्रममा शनिबार माओवादी केन्द्रका नेता कृष्णबहादुर महराको उपस्थितिमा प्रचण्ड र विप्लवबीच छलफल भएको र सकारात्मक निष्कर्षमा पुगेको स्रोतको दाबी छ ।

‘प्रचण्ड, विप्लव र महराबीच करिब डेढ घन्टा लामो छलफल भएको छ । छलफलबाट दुई पार्टीबीच अहिले सहकार्य गरेर जान सकिने र भविष्यमा त्यसलाई एकतासम्म लैजान सकिने गरी सकारात्मक निष्कर्ष निस्केको छ,’ स्रोतले नयाँ पत्रिकासँग भन्यो, ‘एकैपटक पार्टी नै एकताभन्दा पनि तत्काल सहकार्य गरेर जाने र सबै पाटोमा छलफल चलाउँदै एकताको वातावरण बनाउने समझदारी भएको छ ।’

पूर्वमाओवादी शक्तिहरूको एकताका लागि पहल गरिरहेका नेता महराले नै प्रचण्ड र विप्लवबीचको छलफल तय गरेका थिए । छलफलमा प्रचण्डले ‘आफू एउटा विशाल कम्युनिस्ट केन्द्र निर्माणको प्रयासमा रहेको र त्यसैका लागि केपी ओलीसँग एकता गरे पनि त्यो सफल हुन नसकेको’ बताएका थिए ।