१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७८ मङ्सिर ३ शुक्रबार
  • Wednesday, 02 July, 2025
नयाँ पत्रिका काठमाडाैं
२o७८ मङ्सिर ३ शुक्रबार १९:५६:oo
Read Time : > 1 मिनेट
खेलकुद डिजिटल संस्करण

शहीद स्मारक ‘ए’ डिभिजन लिग : फ्रेन्ड्स क्लबसँग गोलरहित बराबरी खेल्दै सातदोबाटो युथ क्लबले १ अंक जोड्यो

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
२o७८ मङ्सिर ३ शुक्रबार १९:५६:oo

सहिद स्मारक ‘ए’ डिभिजन लिगमा ‘डेब्युट्यान्ट’ सातदोबाटो युथ क्लबले पहिलो खेलमा फ्रेन्ड्स क्लबसँग गोलरहित बराबरी खेल्दै १ अंक जोडेको छ। आजदेखि सुरु भएको सहिद स्मारक लिगअन्तर्गत शुक्रबार दशरथ रंगशालामा भएको खेलमा सातदोबाटो लिगको अनुभवी फ्रेन्ड्ससँग बराबरी खेल्दै पहिलो अंक जोडेको हो ।

प्रतिस्पर्धात्मक खेलको ११औँ मिनेटमा सातदोबाटोका लागि कप्तान मानबहादुर तामाङको क्रसलाई सुशील राईले नियन्त्रयण लिन सकेनन् । सुरुवाती  ३० मिनेटसम्म गोलका लागि दुवै टोलीले गोलको अवसर सिर्जना गर्न सकेका थिएनन् । सातदोबाटोका लागि राइट फ्लान्कबाट निरन्तर क्रस दिएका कप्तान मानबहादुरले ३३औँ मिनेटमा दिएको क्रसलाई आकाश बुढा मगरको हेडर फ्रेममा परेको थिएन। पहिलो हाफमा कुनै पनि टोलीले सट अन टार्गेट राख्न सकेका थिएनन् ।

दोस्रो हाफमा आक्रामक बनेको खेलको ५५औँ मिनेटमा सातदोबाटोका अजयी मार्टिन्सले ६ यार्ड बक्स नजिकबाट हेडरमार्फत गरेको प्रहार फ्रेममा परेको थिए। दोस्रो हाफको सुरुवातमा फ्रेन्ड्सलाई दबाबमा राखेको सातदोबाटोका लागि आकाशले १८ यार्ड बक्सभित्रबाट गरेको सशक्त प्रहार विपक्षी टोलीका गोलकिपर राहुल रामचन्द्र यादवले पन्च आउट गरिदिएका थिए ।

सातादोबाटोको रक्षापंक्ति बिरलै पास गरेको फ्रेन्ड्सका विदेशी खेलाडी नथानियल जुड गर्सियाले ५९औँ मिनेटमा प्रहार गरेको ‘लब’ क्रसबारमा लागेर फर्किएको थिय। त्यसको सात मिनेट नबित्दै फ्रेन्ड्सका गर्सियाले पेनाल्टी एरियाभित्रबाट गरेको प्रहार सातदोबाटोका डिफेन्डर पिटर सेगुनलाई लागेर गोलपिकर अविषेक बरालको हातमा पुगेको थियो।

सातदोबाटोका सुशीलविरुद्ध खराब फाउल गर्दै फ्रेन्ड्सका रोनेल एन्थोनी पाउलले दोहोरो पहेँलो कार्डको सामना गर्दै मैदानबाट बाहिरिनुपरेको थियो । ६१औँ मिनेटमा पहिलो पहेँलो कार्ड पाएका पाउलले पुनः कार्डको सामना गरेसँगै ७६औँ मिनेटमा १० जनामा सीमित बनेको फ्रेन्ड्सले बाँकी समयमा क्लिनसिट राख्दै १ अंक हासिल गर्‍यो । सहिद स्मारक लिगको अन्तिम संस्करण २०७६ मा भएको थियो । त्यसवेला मच्छिन्द्र क्लबले लिग जितेयता कोरोना भाइरसको महामारीबाट प्रभावित लिग दुई वर्षपछि सुरु भएको हो। आजबाट सुरु भएको लिगको उद्घाटन खेल हेर्न रंगशालामा करिब तीन हजार दर्शक उपस्थित थिए।