१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Tuesday, 01 July, 2025
Invalid date format १७:३४:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

गाडीमा हावा भर्ने ट्यांकी विष्फोट हुँदा एकको मृत्यु

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
Invalid date format १७:३४:oo

गाडीमा हावा भर्ने ट्यांकी विष्फोट हुँदा रौतहटमा एकजनाको ज्यान गएको छ। अर्का एकजना घाइते भएका छन् । कटहरिया बजारमा रहेको ग्यारेजको हावा ट्यांकी विष्फोट हुँदा  मोटर ग्यारेज सञ्चालक कटहरिया ५ का  २० वर्षीय समसुल मियाको ज्यान गएको हो।

ट्यांकीको एउटा भाग उछिट्टिएर समसुलको टाउकोमा लागेको थियो। गहिरो चोट लागेर अचेत अवस्थामा रहेका समसुललाई स्थानीय अस्पतालमा उपचार हुन नसकेपछि तत्कालै एम्बुलेन्सबाट उपचारको लागि वीरगन्ज लैजाने क्रममा बाटोमै मृत्यु भएको इलाका प्रहरी कार्यालय कटहरियाका प्रमुख  वीरेन्द्र यादवले बताए।

समसुलसँगै ग्यारेजमा बसिरहेका  स्थानीय २५ वर्षीय जैसी यादवको दाहिने हातमा गम्भीर चोट लागेको छ। यादवको स्थानीय अस्पतालमा उपचार भइरहेको इलाका प्रहरी कार्यालय कटहरियाले जनाएको छ।

ग्यारेज सञ्चालक समसुल मियाले पम्पसेट चलाएर ट्यांकीमा  हावा भरिरहेको वेला पड्केकोले हावा बढी भएर दुर्घटना भएको स्थानीयको अनुमान छ। घटनाबारे थप अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय कटहरियाले जनाएको छ ।