Skip This
आगामी माघ १२ गते राष्ट्रिय सभा निर्वाचनको मिति तोक्ने मन्त्रिपरिषद् बैठकको निर्णय
१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Tuesday, 13 May, 2025
नयाँ पत्रिका काठमाडाैं
Invalid date format १६:३६:oo
Read Time : > 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

आगामी माघ १२ गते राष्ट्रिय सभा निर्वाचनको मिति तोक्ने मन्त्रिपरिषद् बैठकको निर्णय

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
Invalid date format १६:३६:oo

सरकारले आगामी माघ १२ गते राष्ट्रिय सभा निर्वाचनको मिति तोक्ने निर्णय गरेको छ। सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले शुक्रबार मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक गर्दै राष्ट्रिय सभा निर्वाचनको मिति तोक्ने निर्णय गरिएको जानकारी दिए।  

सरकारले भ्रष्टाचारविरुद्धको संयुक्त राष्ट्र संघीय महासन्धिको पक्ष राष्ट्रहरूको इजिप्टमा हुने नवौँ सम्मेलनमा भाग लिन अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त प्रेमकुमार राई नेतृत्वको प्रतिनिधिमण्डललाई पढाउने प्रस्ताव पनि स्वीकृत गरेको छ। त्यसैगरी, नायब महालेखा परीक्षकमा बाबुराम सुवेदी, सहमहालेखा नियन्त्रकमा उमाकान्त आचार्य र नेपाल चार्टर एकाउन्टेन्टस् संस्थाको पार्सदमा बैकुण्ठबहादुर अधिकारीलाई मनोनयन गर्ने निर्णय पनि गरिएको प्रवक्ता कार्कीले बताए।

मन्त्रिपरिषद् बैठकले एसियन–अफ्रिकन लिगल कन्सलटेटिभ अर्गानाइजेसनको ५९औँ वार्षिक सभामा भाग लिन कानुन, न्याय तथा संघीय मामिलामन्त्री दिलेन्द्रप्रसाद बडू नेतृत्वको प्रतिनिधिमण्डललाई पठाउने प्रस्ताव पनि स्वीकृत गरेको छ। रक्षामन्त्री डा. मीनेन्द्रप्रसाद रिजाल नेतृत्वको प्रतिनिधिमण्डललाई दक्षिण कोरियामा हुने युएन पिस किपिङ मिनिस्ट्रियल मिटिङमा भाग लिन पठाउने प्रस्ताव पनि स्वीकृत गरिएको छ ।

मन्त्रिपरिषद् बैठकले मोरक्कोमा हुने इन्टरनेसनल एक्जुक्युटिभ काउन्सिल अफ आइइसी सम्मेलनमा सिँचाइ सचिव सागरकुमार राईलाई सहभागी हुन स्वीकृति दिएको छ। एसियाली विकास बैंकबाट प्राप्त हुने थप सहुलियतपूर्ण ऋण सहायता अमेरिकी डलर ६० मिलियन स्वीकार गर्ने, नेपाल स्वास्थ्य सेवाको अधिकृत १२औँ तहमा डा. श्यामसुन्दर यादव, भीमसिंह  तिंकरी  र डा. गुणराज लोहनीलाई बढुवा गर्ने निर्णय पनि मन्त्रिपरिषद् बैठकले गरेको प्रवक्ता कार्कीले बताए।  

मन्त्रिपरिषद् बैठकले पशु कल्याण विधेयक तर्जुमा गर्न सैद्धान्तिक सहमति प्रदान गरेको छ। पशुप्रति हुने निर्दयी व्यवहार रोक्नका लागि समिति गठन गर्ने निर्णय पनि गरिएको छ। संक्रमण पशुरोग  नियन्त्रण विधेयक तर्जुमा गर्न सैद्धान्तिक सहमति पनि मन्त्रिपरिषद् बैठकले दिएको मन्त्री कार्कीले बताए।