१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Friday, 04 July, 2025
नयाँ पत्रिका काठमाडौं
Invalid date format १४:o१:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

रामदेवलाई आयुर्वेदिक औषधालय बनाउन सरकारले जग्गा उपलब्ध गराउने प्रधानमन्त्रीको आश्वासन

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
Invalid date format १४:o१:oo

प्रधानमन्त्री शेरबहादुर देउवाले योगको महत्व संसारभर रहेको बताएका छन्। शुक्रबार रामदेव पतञ्जली योगपीठ नेपालले आयेजना गरेको पतञ्जली नेपाल टिभी र आस्था नेपाल टिभीको उद्घाटन गर्दै प्रधानमन्त्री देउवाले यस्तो बताएका हुन्।

उनले संसारमा दुष्प्रभाव नभएको एउटा मात्र औषधि आयुर्वेद भएको भन्दै योगगुरु रामदेव र आचार्य बालकृष्ण नेपाल र नेपालीको नाम विश्वसामु चिनाउन नेपाल आएका बताए। प्रधानमन्त्री देउवाले सरकारले नेपालमा आयुर्वेदिक औषधि बनाउन आवश्यक पर्ने जग्गादेखि अन्य कुराहरू उपलब्ध गराउने आश्वासनसमेत दिए।

‘आज संसारमा योगा स्वास्थ्यका लागि सबैभन्दा उत्तम, स्वस्थ रहनका लागि बाबा रामदेवलाई सबैले सम्झिन्छन्। आयुर्वेद सबैभन्दा उचित, सबैले मानिसके। साइडइफेक्ट नभएको एउटा मात्रै आयुर्वेद औषधि छ, साइडइफेक्ट नभएको औषधि केही छ भने त्यो आयुर्वेद मात्रै छ,’ देउवाले भने, ‘नेपालमै आयुर्वेदिक औषधिहरू बनाउन चाहनुभएको छ। नेपाल सरकारको तर्फबाट उहाँलाई पूरा सहयोग हुनेछ। सरकारले जग्गा उपलब्ध गराउनेछ।’