१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ जेठ १३ आइतबार
  • Sunday, 26 May, 2024
नयाँ पत्रिका काठमाडौं
२o८१ जेठ १३ आइतबार १६:४८:oo
Read Time : < 1 मिनेट
ad
ad
मुख्य समाचार डिजिटल संस्करण

सिन्धुपाल्चोकमा कांग्रेसको अधिवेशन अनिश्चित

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ जेठ १३ आइतबार १६:४८:oo

सिन्धुपाल्चोकमा कांग्रेसको अधिवेशन अनिश्चित बनेको छ। दुई पक्षका नेताको टकरावका कारण १४औँ महाधिवेशनअन्तर्गत सुरु हुनुपर्ने वडालगायतका अधिवेशन अनिश्चित बनेको हो। 

कांग्रेस सिन्धुपाल्चोकका अध्यक्ष विकास लामाले विज्ञप्ति जारी गरेर केन्द्रीय सदस्य मोहनबहादुर बस्नेतको असहयोगका कारण वडा तह, पालिका तह, प्रदेश सभा क्षेत्र तह, प्रतिनिधिसभा क्षेत्र तह र जिल्लाको अधिवेशन सम्पन्न गर्न सिन्धुपाल्चोक जिल्लामा असहज अवस्था सिर्जना भएको आरोप लगाएका छन्।

उनले पार्टीको केन्द्रीय तहले संरक्षण र प्रोत्साहन दिई अधिवेशन सम्पन्न गराउन अनेक बाधा उत्पन्न गराएको आरोप लगाएका छन्। लामाले अधिवेशन कार्यतालिकाअनुसार अगाडि बढेको अवस्थामा अवरोध आएको बताएका हुन् ।

यससँगै सिन्धुपाल्चोकमा बाँकी दुई वडा तथा १२ वटै पालिका, चारवटा प्रदेश सभा क्षेत्रीय समिति, दुईवटा प्रतिनिधिसभा क्षेत्रीय समिति र जिल्ला कार्यसमितिको अधिवेशन अनिश्चित बनेको छ।

 

 

ad
ad