१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७८ मङ्सिर १ बुधबार
  • Friday, 04 July, 2025
नयाँ पत्रिका काठमाडौं
२o७८ मङ्सिर १ बुधबार १४:१६:oo
Read Time : < 1 मिनेट
खेलकुद डिजिटल संस्करण

‘ए’ डिभिजन लिगलाई पुन: कतार एयरवेजले प्रायोजन गर्ने

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o७८ मङ्सिर १ बुधबार १४:१६:oo

अखिल नेपाल फुटबल संघ (एन्फा)ले यस सिजनको सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबल प्रतियोगिताका लागि कतार एयरवेजसँग प्रायोजन सम्झौता नवीकरण गरेको छ।

एन्फाका अध्यक्ष कर्माछिरिङ शेर्पा र कतार एयरवेजका कन्ट्री म्यानेजर मोहम्मद इल इमानले सम्झौतापत्रमा हस्ताक्षर गरेका हुन्। सम्झौताअनुसार  कतार एयरवेजले थप एक वर्षका लागि लिगको प्रायोजन गर्नेछ।

कतार एयरवेजले अघिल्लो संस्करणको  लिगमा समेत मुख्य प्रायोजकको रूपमा प्रायोजन गरेको थियो। यही मंसिर ३ गतेदेखि आयोजना हुने ‘ए’ डिभिजन लिगमा विभिन्न १४ टोली सहभागी छन्। यसमा त्रिभुवन आर्मी फुटबल क्लब, एपिएफ फुटबल क्लब, मछिन्द्र फुटबल क्लब, संकटा फुटबल क्लब, नेपाल पुलिस फुटबल क्लब र हिमालयन शेर्पा फुटबल क्लब छन्।

त्यसैगरी सातदोबाटो फुटबल क्लब, मनाङ मर्स्याङ्दी फुटबल क्लब, थ्री स्टार फुटबल क्लब, एनआरटी फुटबल क्लब, फ्रेन्ड्स  फुटबल क्लब, च्यासल युथ क्लब, जावलाखेल युथ क्लब र बिग्रेड ब्वाइज फुटबल क्लब छन्।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुने उद्घाटन खेलमा सातदोबाटो युथ क्लब र फ्रेन्ड्स क्लबबीच प्रतिस्पर्धा हुनेछ। उक्त प्रतियोगिताको खेलका लागि साधारणतर्फ टिकट दर एक सय रुपैयाँ र भिआइपीतर्फ पाँच सय रुपैयाँ निर्धारण गरिएको छ। यसपटक अन्तिम स्थानमा रहने दुई टोली रेलिगेसनमा पर्नेछन्। लिगविजेता टोलीले ७५ लाख रुपैयाँ तथा उपविजेताले ५० लाख रुपैयाँ पाउनेछन्।