Skip This
एलजीको युएचडी टिभी नेपाली बजारमा
१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७८ कार्तिक ३० मंगलबार
  • Tuesday, 13 May, 2025
नयाँ पत्रिका काठमाडौं
२o७८ कार्तिक ३० मंगलबार o६:११:oo
Read Time : < 1 मिनेट
अर्थ प्रिन्ट संस्करण

एलजीको युएचडी टिभी नेपाली बजारमा

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o७८ कार्तिक ३० मंगलबार o६:११:oo

एलजी ब्रान्डको आधिकारिक विक्रेता सिजी इम्पेक्सले एलजीको नयाँ युपी सिरिजको युएचडी टिभी नेपाली बजारमा ल्याएको छ । कम्पनीले युएचडी टिभी श्रेणीमा ५० इन्च, ५५ इन्च, ६५ इन्च र ७५ इन्चको टिभी बिक्री सुरु गरेको हो । यस टिभीमा रियल फोरके डिस्प्लेसँगै तीन साइड सिनेमा स्क्रिन डिजाइनका साथै क्वाड कोर प्रोसेसर फोरके, वेभ ओएस ६.० अपरेटिङ सिस्टम, आइपिएस प्यानलफोर के, एचजिआइजी मोड, अटोलो ल्याटेन्सी मोड (एएलएलएम) गेम अप्टिमाइजरजस्ता विशेषता रहेको जनाइएको छ ।

त्यस्तै, यस टिभीमा एआई ब्राइटनेस, एआई साउन्ड, एचडिआर टेक्नोलोजी फिल्ममेकर मोड, म्याजिकमोसन, रिमोट कन्ट्रोल स्पोर्टस् अलर्टजस्ता विशेषता रहेको कम्पनीको दाबी छ । यसमा एलजी थिङ्क्यु एआई टेक्नोलोजी रहेको जनाइएको छ । साथै, एमेजोन एलेक्सा, गुगल असिस्टेन्ट र एप्पल एयरप्ले दुईसँग होमकिटजस्ता विशेषताहरू पनि रहेको कम्पनीले जनाएको छ । एप्पल एयरप्ले दुईको मद्दतले आफ्नो आइफोनबाट सीधै स्क्रिन सेयर–स्क्रिन मिरर गर्न मिल्ने जनाइएको छ । गुगल असिस्टेन्सको मद्दतले टिभीलाई आफ्नो आवाजले नियन्त्रण गर्न मिल्ने कम्पनीको दाबी छ ।