१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ जेठ ३ बिहीबार
  • Thursday, 16 May, 2024
नयाँ पत्रिका काठमाडौं
२o८१ जेठ ३ बिहीबार २o:४७:oo
Read Time : < 1 मिनेट
ad
ad
विश्व डिजिटल संस्करण

अमेरिकाले भन्यो : चीनमा वित्तीय संकट 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ जेठ ३ बिहीबार २o:४७:oo

अमेरिकाले चीनमा सम्पत्ति संकट जारी रहेको दाबी गरेको छ । यसले चीनमा आर्थिक क्षति मात्र नभएर विश्वव्यापी वित्त बजारमा पनि नकारात्मक प्रभाव पार्ने अमेरिकी विश्लेषण आएको छ । अमेरिकाले जारी गरेको अर्धवार्षिक प्रतिवेदनमा यस्तो भविष्यवाणी गरिएको अन्तराष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन् ।

अमेरिकाको फेडरल रिजर्भद्वारा जारी प्रतिवेदनमा चीनको सबैभन्दा ऋणी निकाय इभरग्रयान्डेमा भएको संकटतर्फ संकेत गर्दै अप्रिय भविष्यवाणी गरेको छ । यो रियल स्टेट कम्पनी हो जसले लिएको ३ खर्ब अमेरिकी डलर ऋण संकटमा परेको छ । योलगायत चीनका अन्य रियलस्टेट व्यवसायमा ठूलो आर्थिक संकट आइपरेको अमेरिकी प्रतिवेदनमा उल्लेख छ ।

‘चिनियाँ अधिकारीहरूले सम्पत्ति बजार (प्रोपर्टी मार्केट)लाई सन्तुलनमा ल्याउने उपायहरूमा लागेको भनिएको छ, तर आर्थिक जोखिम निरन्तर रूपमा माथि गइरहेको छ,’ फेडरल रिजर्भले भनेको छ । अमेरिकी केन्द्रीय बैंकले चीनको अर्थतन्त्र तथा वित्त प्रणालीमा उत्पन्न हुने गहिरो संकटले अमेरिकी वित्त बजारमा ठूलो असर पुग्ने उल्लेख गरेको छ । विशेषतः वित्तीय जोखिम बढेर जाने उसको बुझाइ छ । 

ad
ad