१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ जेठ २ बुधबार
  • Wednesday, 15 May, 2024
गणेश लम्साल विराटनगर
२o८१ जेठ २ बुधबार १४:१४:oo
Read Time : < 1 मिनेट
ad
ad
समाचार डिजिटल संस्करण

सोमबार पनि विराटनगरमा जिल्ला र उच्च अदालतमा कानुन व्यवसायीहरूको धर्ना 

Read Time : < 1 मिनेट
गणेश लम्साल, विराटनगर
नयाँ पत्रिका
२o८१ जेठ २ बुधबार १४:१४:oo

प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराको राजीनामा माग गर्दै सोमबार पनि विराटनगरमा कानुन व्यवसायीहरूले कालोपट्टी बाँधेर अदालतमा  धर्ना दिएका छन्। विराटनगरस्थित जिल्ला अदालत मोरङ र उच्च अदालत विराटनगरमा प्रधानन्यायाधीश जबराको राजीनामा माग गर्दै कानुन व्यवसायीले अदालत परिसरमा अलग–अलग धर्ना दिएका हुन्। 

मोरङ बार एसोसिएसनले अध्यक्ष पुनम गुप्ता  र उच्च अदालत बार इकाइले अध्यक्ष नारायणप्रसाद दाहालको नेतृत्वमा सम्बन्धित अदालत परिसरमा कालोपट्टी बाँधेर आइतबारजस्तै ११ बजेदेखि १२ बजेसम्म  धर्ना दिएका हुन्। 

प्रधानन्यायाधीश जबराले राजीनामा नदिएसम्म विराटनगरका कानुन व्यवसायीहरूले बार एसोसिएसन केन्द्रीय समितिको निर्देशनअनुसार संघर्ष निरन्तर जारी राख्ने उच्च अदालत विराटनगर बार इकाइ अध्यक्ष नारायणप्रसाद दाहालले बताए।  
 
 

ad
ad