१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ जेठ ५ शनिबार
  • Saturday, 18 May, 2024
नयाँ पत्रिका काठमाडौं
२o८१ जेठ ५ शनिबार o८:२१:oo
Read Time : > 1 मिनेट
ad
ad
खेलकुद प्रिन्ट संस्करण

ललितपुरलाई हराउँदै धनगढी विजयी

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ जेठ ५ शनिबार o८:२१:oo

धनगढी उपमहानगरपालिका कैलाली उपमेयर कप राष्ट्रिय महिला लिग छनोट प्रतियोगिताको च्याम्पियन बनेको छ । धनगढीले आइतबार एन्फा कम्प्लेक्स सातदोबाटोमा ललितपुर महानगरपालिकालाई टाइब्रेकरमा ३–१ ले पराजित गर्दै उपाधि जितेको हो ।निर्धारित समयमा दुवै टोलीले तीन–तीनको बराबरी खेलेका थिए । त्यसपछि उपाधिको छिनोफानो टाइब्रेकरबाट भयो । टाइब्रेकरमा धनगढीका रेबिका पाण्डे, रेखा पौडेल र विर्सना चौधरीले गोल गरेका थिए । 

ललितपुरकी निर्मला विकले मात्र टाइबे्रकरमा गोल गर्न सफल भइन् । सम्झना लावतीले प्रहार गरेको बल क्रसबारमाथि गयो । धनगढीकी गोलरक्षक उषा नाथले ललितपुरका आशा कुसवर र रजनी थोकरको प्रहारलाई असफल पार्दै टोलीलाई च्याम्पियन बनाइन् । धनगढीको टाइब्रेकरमा सरस्वती रोकायाको प्रहार ललितपुरकी गोलरक्षक अंकिता राईले विफल पारिन् । उपाधिसँगै धनगढीले पाँच लाख र उपविजेता ललितपुरले तीन लाख रुपैयाँ हात पारेका छन् । फाइनलमा छनोट भएका दुवै टोली राष्ट्रिय लिगमा समेत छनोट भएका छन् । व्यक्तिगत विधामा धनगढीले नै वर्चस्व जमाएको छ । 

कन्काईकी दीपा सर्वोत्कृष्ट खेलाडी
कन्काई नगरपालिका झापाकी दीपा शाही सर्वोत्कृष्ट खेलाडी चुनिइन् । उनले ५० हजार रुपैयाँ हात पारिन् । धनगढीकी उषानाथ उत्कृष्ट गोलरक्षक भइन् । धनगढीकै सरस्वती रोकाया उत्कृष्ट मिडफिल्डर र उत्कृष्ट स्ट्राइकरको उपािध चन्द्रा भण्डारीले जिते । धनगढीकै राघावान्डर कार्की उत्कृष्ट प्रशिक्षक चुनिए । ललितपुरकी सिर्जना सिंह उत्कृष्ट डिफेन्डर भइन् । व्यक्तिगत विधाका उत्कृष्टले समान २० हजार रुपैयाँ हात पारेका छन् । जानकी गाउँपालिका कैलालीले अनुशासित टोली हुँदै ५० हजार रुपैयाँ जित्यो । 

खेलको १२औँ मिनेटमा मनिषा सेनले ललितपुरलाई १–० को अग्रता दिलाएकी थिइन् । खेलको १६औं मिनेटमा निर्मला बिकले ललितपुरलाई २–० को स्थितिमा राखिन् । खेलको २४औँ मिनेटमा सीमा रावलले धनगढीलाई २–१ को स्थितिमा ल्याइन् ।खेलको ३९औँ मिनेटमा रजनी थोकरको गोलमा ललितपुरले मध्यान्तरअघि ३–१ को दरिलो अग्रता बनायो । मध्यान्तरपछि धनगढीले उत्कृष्ट पुनरागमन ग¥यो । खेलको ४९औँ मिनेटमा चन्द्रा भण्डारीले ३–२ का लागि गोल गरिन् । खेलको ६४औँ मिनेटमा चन्द्राले व्यक्तिगत दोस्रो गोल गर्दै धनगढीलाई ३–३ को बराबरीमा ल्याइन् ।

ad
ad