१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ जेठ ९ बुधबार
  • Wednesday, 22 May, 2024
गणेश लम्साल विराटनगर
२o८१ जेठ ९ बुधबार १३:o५:oo
Read Time : < 1 मिनेट
ad
ad
समाचार डिजिटल संस्करण

कोरोनामुक्त विश्वको कामना गर्दै छठ पूजा गर्न घस्रिए मेयर 

Read Time : < 1 मिनेट
गणेश लम्साल, विराटनगर
नयाँ पत्रिका
२o८१ जेठ ९ बुधबार १३:o५:oo

गत वर्ष कोरोना संक्रमणले गर्दा आफ्नै बारीमा जलाशय बनाएर छठ पूजा गरेका विराटनगर महानगरपालिका प्रमुख (मेयर) भीम पराजुलीले घस्रँदै छठ पूजा गर्ने परम्परालाई यसपालि पनि निरन्तरता दिएका छन्। बुधबार मेयर पराजुली विराटनगर– ३ स्थित शिवपञ्चायन मन्दिरबाट बिहान साढे एघार  बजेदेखि साष्टांग दण्डवत् प्रणाम गरेर छठ पूजाका लागि घाटसम्म घस्रन थालेका छन्। उनी झन्डै  दुई किलोमिटर दूरीमा रहेको छठ पूजाको गर्ने स्थल परोपकार घाटसम्म  पुग्न साष्टांग दण्डवत् प्रणाम गरेर अगामीको जमिन नापेर करिब चारदेखि पाँच घन्टा घस्रनेछन्। 

हरेक वर्ष विश्वशान्ति र रोगव्याधमुक्त समाजका लागि घस्रँदै आएका मेयर पराजुलीले यो वर्ष कोरोना महामारीमुक्त विश्वको कामनासहित आफू छठ पूजाका लागि अब अन्तिमपटक घस्रेको बताए। उनलाई घाटसम्म घस्रन पाँच वर्षदेखि उनका भतिजा प्रमिस पराजुलीले साथ दिँदै आएका छन्। मेयर पराजुलीका अनुसार अगामी वर्षदेखि उनको परम्परालाई भतिजा प्रमिसले निरन्तरता दिनेछन्।   

प्रेस संयोजक कौशल निरौलाका अनुसार ४३ वर्षीय मेयर पराजुलीले घस्रेर घाटमा पुगेर छठ पूजा गरेको यो अठारौँपटक हो।  

१८ वर्षअघि २५ वर्षको उमेरको विद्यार्थी जीवनदेखि  पराजुली निराहार व्रत बसेर  साष्टांग दण्डवतसहित घस्रेर घाटमा पुगेर छठ पूजा गर्दै आएका छन्। चार  वर्षअघि विराटनगरको प्रमुखमा निर्वाचित भएपछि पनि पराजुलीले घस्रेर छठको पूजा गरिरहेका छन्।     
 

ad
ad