मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
नयाँ पत्रिका काठमाडाैं
२०७८ कार्तिक २४ बुधबार ०९:१२:००
Read Time : < 1 मिनेट
अर्थ प्रिन्ट संस्करण

बैंकर्स संघको अध्यक्षमा उपाध्याय

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
२०७८ कार्तिक २४ बुधबार ०९:१२:००

नेपाल बैंकर्स संघको अध्यक्षमा कृषि विकास बैंकका प्रमुख कार्यकारी अधिकृत अनिलकुमार उपाध्याय सर्वसम्मत भएका छन् । मंगलबार सम्पन्न संघको ३५औँ साधारणसभाले नयाँ कार्यसमितिसमेत चयन गरेको छ ।

संघको उपाध्यक्षमा एनएमबि बैंकका प्रमुख कार्यकारी अधिकृत सुनील केसी चयन भएका छन् । संघका सदस्यहरूमा लक्ष्मी बैंकका अजयकुमार साह, मेगा बैंककी अनुपमा खुञ्जेली, नेपाल बैंकका कृष्णबहादुर अधिकारी, नेपाल एसबिआई बैंकका दीपककुमार दे, सन्राइज बैंकका सुमन शर्मा, माछापुच्छ्रे बैंकका सन्तोष कोइराला र एनआइसी एसिया बैंकका रोशनकुमार न्यौपाने चयन भएका छन् ।

संघका पूर्वअध्यक्षहरू अनिलकेशरी शाह, अशोक राणा र ज्ञानेन्द्रप्रसाद ढुंगाना समितिमा सल्लाहकार छन् । कार्यक्रममा अर्थविद् तथा सिटिजन्स बैंकका अध्यक्ष डा. शंकरप्रसाद शर्मालाई समेत बैंकर संघले सम्मानित गरेको छ ।