मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं २o७८ कार्तिक २३ मंगलबार
  • Sunday, 13 July, 2025
गणेश लम्साल विराटनगर
२o७८ कार्तिक २३ मंगलबार १५:१८:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

मोरङ कारागारमा कैदीबन्दीबीच झडप, ६ जना घाइते  

Read Time : < 1 मिनेट
गणेश लम्साल, विराटनगर
नयाँ पत्रिका
२o७८ कार्तिक २३ मंगलबार १५:१८:oo

चौकीदारले यातना दिएको भन्दै विराटनगर हाटखोलास्थित मोरङ कारागारका कैदीबन्दीबीच मंगलबार झडप हुँदा ६ जना कैदी घाइते भएका छन्। मंगबलार दिउँसो कारागारको आन्तरिक प्रशासनको नेतृत्व  गर्ने चौकीदार  किरण गुरुङको समूहका नाइके र भाइनाइकेहरूले यातना दिएको भन्दै कैदीबन्दीहरूबीच झडप भएको हो। झडपमा  चौकीदार गुरुङसहित कैदीहरू शेखर राई, निर्मल ढकाल, विशाल मुक्ताङ, डिल्ली देवान र सूर्यदीप गुप्ता घाइते भएका छन्। एक महिनाअघि मात्र नियुक्त भएका  चौकीदार गुरुङको निर्देशनमा नाइके र भाइनाइकेहरूको समूहले यातना दिएको भन्दै ज्यान मार्ने उद्योगका कैदी कार्तिक कामतको समूहले चौकीदार गुरुङ प्रशासनविरुद्ध विद्रोह गरेपछि झडप भएको थियो। 

झडपमा घाइते हुने कैदीबन्दीहरूलाई सामान्य चोटपटक लागेकोले उपचारको लागि कोसी अस्पताल लगिएको र १४ जनालाई बाहिर कारागारका निमित्त प्रमुख रामप्रसाद पोखरेलले बताए। उनका अनुसार हाल कारागारको आन्तरिक अवस्था सामान्य भइसकेको छ। 

कारागारका निमित्त प्रमुख पोखरेलका अनुसार अहिले १४ जनालाई कारागारबाट बाहिर निकालिएको छ। असुरक्षित भएकाले उनीहरूलाई अन्यत्र सरुवा गर्ने तयारी भइरहेको छ। निमित्त जेलर पोखरेलले भने, ‘विभागमा परिपत्र गराइसकेका छौँ, आदेश आउनेबित्तिकै अन्यत्रै सरुवा गर्छौँ।’ 

जेल प्रशासनका अनुसार बाहिर निकालिएकाहरूमा चौकीदार गुरुङसहित नाइके र भाइनाइकेहरू पदमकुमार लिम्बू, निर्मल ढकाल, रामकुमार राई, रमेश मण्डल, शेखर राई, विशाल मुक्ताङ, डिल्ली देवान, रोशन दाहाल, सूर्यदीप गुप्ता, कपिल साह, एलएस नेपाली, राजु राई, बबिहाङ राईलाई छुट्टै कोठामा राखिएको छ। 

काठमाडौंको डिल्लीबजार कारागारमा रहेका कैदी अभिषेक गिरीलाई मोरङ ल्याउन लागेको भन्दै कैदीबन्दीहरू आन्दोलित बनेका थिए। गृहमन्त्रीको निर्देशनमा कैदी गिरीलाई मोरङ ल्याइए पनि कैदीबन्दी आन्दोलित भएपछि गिरीलाई एकै दिनमा सप्तरी कारागार सरुवा गरिएको थियो।