Skip This
‘संघीयतापछि पहिलोपटक हुन लागेको जनगणनाले विशेष अर्थ राख्छ’
१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Tuesday, 13 May, 2025
नयाँ पत्रिका काठमाडौं
Invalid date format १६:५o:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

‘संघीयतापछि पहिलोपटक हुन लागेको जनगणनाले विशेष अर्थ राख्छ’

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
Invalid date format १६:५o:oo

केन्द्रीय तथ्यांक विभागले संघीयतापछि पहिलोपटक हुन लागेको जनगणनाको विशेष अर्थ रहने बताएको छ। विभागका महानिर्देशक नेविनलाल श्रेष्ठले मुलुक संघीयतामा गएपछि संकलन गर्न लागिएको तथ्यांकको मुलुकको विकासमा महत्वपूर्ण भूमिका रहने बताएका हुन्। मिडिया एक्सन नेपालको सहजीकरणमा आयोजित जनगणनामा सञ्चारमाध्यमको भूमिकासम्बन्धी कार्यक्रममा बोल्दै उनले १० वर्षपछि तथ्यांक संकलनको महाकुम्भ सुरु भएको बताए।

‘संघीयतापछि पहिलोपटक जनगणना हुँदै छ। यसले देशविकासमा रणनीति तय गर्न महत्वपूर्ण अर्थ राख्छ,’ उनले भने, ‘राजनीतिक रूपमा यसको महत्व उत्तिकै छ। निर्वाचन श्रेत्र घोषणा, स्राेत परिचालन, समावेशिता सुनिश्चितता गराउनेलगायतमा गणनाले महत्वपूर्ण अर्थ राख्छ।’ 

उनले  जनगणनालाई परिणाममुखी र तथ्यमूलक बनाउन सबैको भूमिका आवश्यक रहेका बताए। ‘सञ्चारमाध्यमले गणनालाई अनुगमनका रूपमा हेरिदिनु आवश्यक छ,’ उनले भने। महानिर्देशक श्रेष्ठले जनगणनाको तथ्यांक गोप्य रहने र असहयोग गर्नेलाई तथ्यांक ऐनको व्यवस्थाअनुसार कारबाही हुने जानकारी दिए।

कार्यक्रममा बोल्दै विभागका निर्देशक ढुण्डीराज निरौलाले जनगणनामा पहिलोपटक मातृ मृत्युदरलगायतका विषय गणनामा समेटिन लागेको जानकारी दिए। उनले विभागले सञ्चारमाध्यमबाट सहयोग र गल्ती गर्दा गालीको अपेक्षा राखेको बताए। विभागले जनगणनाको कार्यक्रमअन्तर्गत कात्तिक २५ बाट गणना कार्य सुरु हुँदै छ। जनगणनाका लागि ४० हजार गणक र ८ हजार ५ सय सुपरिवेक्षक खटाइएको छ।

कार्यक्रममा बोल्दै मिडिया एक्सनका अध्यक्ष तथा सञ्चारविज्ञ लक्ष्मणदत्त पन्तले जनगणनाको कार्यलाई सार्थक बनाउन सञ्चारमाध्यम सन्तुलित ढंगले सुझाब दिने र आलोचनात्मक रूपमा प्रस्तुत हुनुपर्ने बताए।

कार्यक्रममा युएनएफपिएकी अफिसर इन्चार्ज डा. हसिना बेगमलगायतको सहभागिता रहेको थियो। मिडिया एक्सन नेपालले सात प्रदेश र उपत्यकामा गरी करिब २ सय पत्रकारलाई जनगणनामा सञ्चारमाध्यम संवेदनशीलताबारेको वर्कसपमा सहभागी गराइएको बताएको छ।