१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७८ कार्तिक १७ बुधबार
  • Monday, 30 June, 2025
हेमन्त केसी जाजरकोट
२o७८ कार्तिक १७ बुधबार o७:२९:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

जाजरकोटमा ट्याक्टर दुर्घटना, तीनको मृत्य, एक गम्भीर घाइते

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o७८ कार्तिक १७ बुधबार o७:२९:oo

जाजरकोटको नलगाड नगरपालिका– ५ झुल्केडाँडामा ट्याक्टर दुर्घटना हुँदा तीनजनाको मृत्यु भएको छ । कालिमाटीबाट बारेकोट गाउँपालिकाको सेपुखोला जाँदै गरेको ट्याक्टर नलगाड नगरपालिका– ५ झुल्केडाँडामा बुधबार २ बजे दुर्घटना भएको हो ।  

मृत्यु हुनेमा नलगाड नगरपालिका– ५ का ३५ वर्षीय  चंकलाल विक, २५ वर्षीय सुरेश खत्री र ६२ वर्षीय बलबहादुर खत्री रहेका छन् । त्यस्तै, नलगाड नगरपालिका– ८ का १७ वर्षीय विनोद परियार घाइते भएका छन् । उनी सहचालक रहेको प्रहरीले बताएको छ ।  

घाइतेको अवस्था गम्भीर रहेको डिएसपी मधुकुमार थापाले बताए । ट्याक्टर नम्बर भने खुलेको छैन । ट्याक्टरमालिक नै चंखलाल चालक भएर चलाएको बुझिएको छ ।