Skip This
अर्थमन्त्री जनार्दन शर्मा आज संखुवासभा आउँदै
१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७८ कार्तिक १६ मंगलबार
  • Saturday, 27 July, 2024
नवीन गुरुङ संखुवासभा
२o७८ कार्तिक १६ मंगलबार o९:१५:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

अर्थमन्त्री जनार्दन शर्मा आज संखुवासभा आउँदै

Read Time : < 1 मिनेट
नवीन गुरुङ, संखुवासभा
नयाँ पत्रिका
२o७८ कार्तिक १६ मंगलबार o९:१५:oo

अर्थमन्त्री तथा नेकपा माओवादी केन्द्रका स्थायी कमिटी सदस्य जनार्दन शर्मा (प्रभाकर) आज संखुवासभा आउने भएका छन् । बुद्ध एयरमार्फत बिहान १० बजे विमानस्थलमा अवतरण गर्ने नेकपा माओवादी केन्द्र संखुवासभाका इन्चार्ज राजेन्द्र कार्की (नवीन)ले बताए । उनका अनुसार अर्थमन्त्री शर्मा नेकपा माओवादी केन्द्रले आयोजना गरेको जिल्लास्तरीय प्रशिक्षण कार्यक्रममा सहभागी हुन संखुवासभा आउन लागेका हुन् । 
 
एकदिने बसाइमा अर्थमन्त्री शर्माले संखुवासभाका सरकारी कार्यालय प्रमुख, राजनीतिक दल, जनप्रतिनिधि, उद्योगी–व्यवसायीलगायतसँग भेटघाट तथा छलफल गर्ने कार्यतालिका रहेको छ।