१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ जेठ ७ सोमबार
  • Monday, 20 May, 2024
नयाँ पत्रिका काठमाडौं
२o८१ जेठ ७ सोमबार १६:५o:oo
Read Time : < 1 मिनेट
ad
ad
समाचार डिजिटल संस्करण

सरकार धार्मिक र सामाजिक सदभावको पक्षमा छ : गृहमन्त्री खाण

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ जेठ ७ सोमबार १६:५o:oo

गृहमन्त्री बालकृष्ण खाणले सरकार धार्मिक र सामाजिक सदभावको पक्षमा रहेको बताएका छन्। विश्व ॐकार महासंघको ज्ञापनपत्र बुझ्दै प्रधानमन्त्रीको कार्यभार सम्हालेका खाणले सरकार सामाजिक विभेद नहोस् भन्ने पक्षमा रहेको स्पष्ट पारेका हुन्।

‘हामी धार्मिक र सामाजिक सदभावको पक्षमा छौँ। सरकार कतै पनि सामाजिक विभेद नहोस् भन्ने पक्षमा छ,’ गृहमन्त्री खाणले भने। सबैले समान रूपमा आफ्नो धर्म मान्न पाउनुपर्नेमा जोड दिँदै उनले वर्गीय र जातीय रूपमा विभेद भए सामाजिक सदभाव खल्बलिने बताए।

महासंघका तर्फबाट अध्यक्ष प्रेमलाल महर्जन, पण्डित दीनबन्धु पोखरेललगायतले आज सोमबार गृहमन्त्री खाणलाई ज्ञापनपत्र बुझाएका थिए। रासस

ad
ad