१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ जेठ ३ बिहीबार
  • Thursday, 16 May, 2024
नयाँ पत्रिका काठमाडौं
२o८१ जेठ ३ बिहीबार १४:२७:oo
Read Time : < 1 मिनेट
ad
ad
समाचार डिजिटल संस्करण

माल्दिभ्सबाट दुई लाख डाेज खोप आइपुग्यो

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ जेठ ३ बिहीबार १४:२७:oo

माल्दिभ्सबाट कोरोना भाइरसविरुद्धको एस्ट्राजेनिका खोप नेपाल आइपुगेको छ। माल्दिभ्स सरकारले नेपाललाई अनुदानमा उपलब्ध गराएको दुई लाख एक हजार ६ सय डाेज खोप गएराति काठमाडौं आइपुगेको हो। 

स्वास्थ्य सेवा विभाग परिवार कल्याण महाशाखाका बाल स्वास्थ्य तथा खोप शाखा प्रमुख सागर दाहालका अनुसार ती खोपलाई अहिले टेकुस्थित विभागको खोप भण्डारण कक्षमा राखिएको छ। उनले खोप लगाउन बाँकीलाई उक्त खोप लगाइने बताए। नेपालमा अहिलेसम्म ८६ लाख ६८ हजार पाँच सय ९२ जनालाई पहिलो मात्रा र ७१ लाख ८९ हजार ६ सय ८९ जनालाई पूर्ण मात्राको खोप लगाइसकिएको छ।

ad
ad