१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024
२०७८ कार्तिक १४ आइतबार १६:३८:००
Read Time : > 1 मिनेट
पालिका अपडेट डिजिटल संस्करण

रसुवामा ९० प्रतिशतले लगाए कोरोनाविरुद्धको पूर्ण खोप

Read Time : > 1 मिनेट
२०७८ कार्तिक १४ आइतबार १६:३८:००

रसुवामा ९० प्रतिशतले कोरोनाविरुद्धको पूर्ण खोप लगाएका छन् । खोप लगाउन योग्य १८ वर्षमाथिका ९० प्रतिशतले कोरोनाविरुद्धको पहिलो र दोस्रो गरी पूर्ण खोप लगाएका हुन् । 

स्वास्थ्य कार्यालयको तथ्यांकअनुसार जिल्लामा ४४ हजार नौ सय ८१ जनसंख्या छ । जसमध्ये १८ वर्षमाथिका कोरोनाविरुद्धको खोप लगाउन योग्य २९ हजार एक सय ६ जना रहेका छन् । जसमध्ये २८ हजार नौ सय ३६ जनाले कोरोनाविरुद्धको पहिलो मात्राको खोप पाएका छन् । जुन ९९ दशमलव ४१ प्रतिशत हो । अब एक सय ७० जनालाई कोरोनाविरुद्धको पहिलो मात्राको खोप लगाउन बाँकी रहेको स्वास्थ्य कार्यालय रसुवाका प्रमुख वसन्त चालिसेले बताए । 

कोरोनाविरुद्धको पहिलो मात्राको कोभिसिल्ड खोप तीन हजार दुई सय ८० जनाले पाएका छन् । २० हजार ५२ जनाले भेरोसेलको पहिलो मात्राको खोप पाएका छन् । तीन हजार ६ सय चारजनाले एस्ट्राजेनेकाको खोप पाएका छन् भने एक मात्रा मात्र लगाए हुने जोन्सन एन्ड जोन्सन दुई हजारले लगाएका छन् । 

कोरोनाविरुद्धको दोस्रो मात्राको कोभिसिल्ड खोप एक हजार ३० जनाले पाएका छन् । १९ हजार २८ जनाले भेरोसेलको दोस्रो मात्राको खोप पाएका छन् । एक मात्रा मात्र लगाए हुने जोन्सन एन्ड जोन्सन खोप दुई हजारलाई लगाइएको जनाइएको छ । चार हजार एक सय ३९ जनाले एस्ट्राजेनेकाको खोप लगाइएको जनाइएको छ । करिब १२ सय जनालाई कोरोनाविरुद्धको दोस्रो मात्राको खोप लगाउन बाँकी रहेको चालिसेले बताए । 

गत १६ भदौदेखि पहिलो मात्राको भेरोसेल खोप लगाएका व्यक्तिहरूले २१ दिनपछि दोस्रो मात्राको खोप पाएका थिए ।  एस्ट्राजेनेकाको पहिलो मात्राको खोप लगाएको ८ हप्ता पछि मात्र नागरिकले दोस्रो मात्राको खोप पाएका छन् ।  

असोज महिना भित्र १८ वर्षमाथिका योग्य सबैलाई कोभिड– १९ विरुद्धको पूर्ण खोप लगाउने स्वास्थ्य कार्यालय रसुवाको लक्ष्यपछि धकेलिएको छ । दुई महिनापछि मात्र दोस्रो खोप लगाउनुपर्ने भएकाले लक्ष्यअनुसार पूर्ण खोपयुक्त जिल्ला निर्माणमा ढिलाइ भएको बताइएको छ । 

खोप लगाउन बाँकीलाई लगाउने खोप जिल्लामा पर्याप्त रहेकाले कात्तिक अन्तिमसम्ममा पूर्ण खोपयुक्त जिल्ला हुने स्वास्थ्य कार्यालय रसुवाले जनाएको छ ।