१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ जेठ २ बुधबार
  • Wednesday, 15 May, 2024
२o८१ जेठ २ बुधबार २१:१३:oo
Read Time : < 1 मिनेट
ad
ad
समाचार डिजिटल संस्करण

बहुविवाहका अभियुक्त ६ वर्षपछि पक्राउ

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८१ जेठ २ बुधबार २१:१३:oo

जिल्ला अदालत लमजुङले कैद फैसला सुनाएको एक अभियुक्तलाई प्रहरीले ६ वर्षपछि पक्राउ गरेको छ । प्रहरीले साबिक रम्घा गा.वि.स. वडा नम्बर ८ हाल मध्यनेपाल नगरपालिका – ४ का ३२ वर्षीय रवीन्द्र ढकाललाई ६ वर्षपछि पक्राउ गरेको हो। 

जिल्ला प्रहरी कार्यालय लमजुङका प्रमुख डिएसपी कृष्णबहादुर कार्कीका अनुसार प्रहरीको विशेष टोलीले हेटौँडामा लुकिछिपी बसेको भन्ने गोप्य सूचनाको आधारमा उनलाई हेटौँडाबाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय लमजुङले जनाएको छ।

 फरार अभियुक्त ढकाललाई ०७३ साल कात्तिक २९ गते जिल्ला अदालत लमजुङले १ वर्ष ३ महिना १४ दिन कैद सजाय तथा १५ हजार रुपैयाँ जरिवाना सुनाएको थियो। जिल्ला प्रहरी कार्यालय लमजुङले कैद भुक्तानका लागि ढकाललाई शुक्रबार कारागार चलान गरिएको जिल्ला प्रहरी कार्यालय लमजुङले जनाएको छ। जेल सजाय भुक्तान गर्न बाँकी रहेका पुराना अभियुक्तहरूलाई पछिल्लो समय खोजीकार्य तीव्र पारिएको जिल्ला प्रहरी कार्यालय लमजुङका प्रमुख डिएसपी कार्कीले बताए। 

ad
ad