१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २२ शनिबार
  • Saturday, 04 May, 2024
२o८१ बैशाख २२ शनिबार १९:o८:oo
Read Time : < 1 मिनेट
ad
ad
समाचार डिजिटल संस्करण

तुल्सीपुरमा ‘हाइप्रोफाइल’ जुवाडे पक्राउ

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८१ बैशाख २२ शनिबार १९:o८:oo

दाङको तुल्सीपुरबाट ‘हाइप्रोफाइल’का जुवाडे पक्राउ परेका  छन् । जिल्ला प्रहरी कार्यालय  दाङका प्रहरी  उपरीक्षक सुरेश काफ्लेका अनुसार दीपेन्द्र गिरी‘दिपु’,मिनकेतन गिरी,सुरेन्द्र हमाल,विवेक मल्ल, दिगम्बर गिरी,मानबहादुर रावतलगायत ८  जना  पक्राउ परेका हुन् ।

पक्राउ परेकाहरूमा सञ्चार उद्यमी तथा एमाले र कांग्रेसका जिल्लास्थित नेताहरू पनि छन् । तीमध्ये केही पटक–पटक जुवाको खालबाट पक्राउ परेका  व्यक्तिहरू रहेकोसमेत  प्रहरीले बताएको छ। तुल्सीपुर उपमहानगरपालिका वडा  नं.  ६ स्थित रजौराबाट उनीहरूलाई पक्राउ गरिएको हो ।  उनीहरूको साथबाट एक लाख ९८ हजार दुई सय रूपैयाँ र कौडा बरामद गरिएको छ । उनीहरूलाई  शुक्रबार अपराह्न पौने  ४ बजेतिर  पक्राउ गरिएको हो।  

ad
ad