१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २२ शनिबार
  • Saturday, 04 May, 2024
नयाँ पत्रिका काठमाडौं
२o८१ बैशाख २२ शनिबार १५:o१:oo
Read Time : < 1 मिनेट
ad
ad
मुख्य समाचार डिजिटल संस्करण

स्वदेशमै उद्योग खोल्न सरकारले सहयोग गर्छ : अर्थमन्त्री शर्मा

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ बैशाख २२ शनिबार १५:o१:oo

अर्थमन्त्री जनार्दन शर्माले देशको अर्थतन्त्र वृद्धि गर्न धेरै उद्योगधन्दाहरू सञ्चालन गर्नुपर्नेमा जोड दिएका छन्। शुक्रबार १४औँ गोदावरी पुष्प प्रदर्शनी २०७८ को उद्घाटन गर्दै अर्थमन्त्री शर्माले देशको अर्थतन्त्र वृद्धि गर्न धेरै उद्योगधन्दाहरू सञ्चालन गर्नुपर्ने बताएका हुन्।

देशको अर्थतन्त्रलाई बलियो बनाउन उद्योगधन्दा र खेतीपातीलाई सरकारले प्रोत्साहन गरिरहेको भन्दै उनले हरेक क्षेत्रमा काम गर्नेहरूले आफ्नो ठाउँबाट आफू आत्मनिर्भर बन्छु भन्ने सोच्नुपर्ने बताए।

अर्थमन्त्री शर्माले भने, ‘उत्पादनमुखी अर्थतन्त्र हुनुपर्छ, उत्पादनमा आधारित राजस्व हुनुपर्छ। मैले यसो भनिरहँदा केहीले त्यसको विरोध गरे, स्वदेशमा उद्योगधन्दाहरू खोल्नुहुँदैन, बाहिरबाट किनेर बेच्ने हो भने। खबरदार ! देशको अर्थतन्त्र बलियो र वृद्धि गर्न स्वदेशमै उत्पादन गर्ने उद्योगधन्दाहरू हुनुपर्छ, खेतीपाती चाहिन्छ, व्यवसायलाई प्राथमिकता दिनुपर्छ, उत्पादनमुखी अर्थतन्त्र निर्माण गरेर मात्रै आत्मनिर्भर बन्न सकिन्छ। नेपालमै भएका कच्चापदार्थ र बाहिरबाट कच्चापदार्थ ल्याएर भए पनि उद्योगधन्दाहरू स्वदेशमै खोलिनुपर्छ। त्यसका लागि सरकारले के सहयोग गर्नुपर्छ, तयार छौँ।’

ad
ad