१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Tuesday, 01 July, 2025
सोनी राई सोलुखुम्बु
Invalid date format १६:१४:oo
Read Time : < 1 मिनेट
अर्थ डिजिटल संस्करण

बेमौसमी वर्षाले सोलुखुम्बुमा २७ प्रतिशत धान र कोदो बालीमा क्षति

Read Time : < 1 मिनेट
सोनी राई सोलुखुम्बु
नयाँ पत्रिका सोलुखुम्बु
Invalid date format १६:१४:oo

बेमौसमी वर्षाका कारण सोलुखुम्बुमा २७.४३ प्रतिशत क्षेत्रको अन्नबालीमा क्षति पुगेको छ। कृषि ज्ञान केन्द्र सोलुखुम्बुले स्थानीय तहमार्फत संकलन गरेको तथ्यांकअनुसार एक हजार पाँच सय २५ हेक्टरमा लगाएको धानबालीमध्ये चार सय ४१८ हेक्टर जमिनको धानबालीमा क्षति भएको छ। एक हजार एक सय पाँच हेक्टरमा गरिएको कोदोखेतीमध्ये १०० हेक्टर अर्थात् ४.७ प्रतिशतमा क्षति पुगेको छ।

सोलु–दूधकुण्ड नगरपालिकामा ११.६५ हेक्टर धानबाली, थुलुङ–दूधकोसी गाउँपालिकामा ९७ हेक्टर धानबाली र ४५ हेक्टर कोदोबालीमा क्षति पुगेको कृषि ज्ञान केन्द्र सोलुखुम्बुका सूचना अधिकारी कुलबहादुर राईले जानकारी दिए। यसैगरी, सोताङ गाउँपालिकामा १३७.२५ हेक्टर धानबाली, नेचासल्यान गाउँपालिकामा ८४.३० हेक्टर धान, माप्य–दूधकोसी गाउँपालिकामा ८५ हेक्टर धान र ५५ हेक्टरको कोदो बाली तथा महाकुलुङ गाउँपालिकामा १० हेक्टर धानबालीमा क्षति पुगेको छ।

संकलन गरिएको तथ्यांक कृषि विकास निर्देशानलय प्रदेश १ विराटनगरमा पठाएको कृषि ज्ञान केन्द्र सोलुखुम्बुले जनाएको छ।  सोलुखुम्बुमा कुल एक हजार पाँच सय २७ हेक्टर धान उत्पादन हुने जमिन रहेको तथ्यांक छ। जिल्लाको नेचासल्यान, तिङला, पन्चन, जुबु, मुक्ली, सोताङ, महाकुलुङ र माप्य–दूधकोसीका विभिन्न ठाउँमा धान उत्पादन हुँदै आएको छ।