१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १४ शुक्रबार
  • Friday, 26 April, 2024
२०७८ कार्तिक १० बुधबार १६:४३:००
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

वर्षाले खार्पु खण्डको सडक अवरुद्ध

Read Time : < 1 मिनेट
२०७८ कार्तिक १० बुधबार १६:४३:००

कर्णाली करिडोरको सिमकोट–खार्पु सडकखण्ड अवरुद्ध भएको छ। वर्षाले ठाउँठाउँ पहिरो जाँदा सिमकोट–खार्पु खण्डको  सडक अवरुद्ध भएको हो।

सडक अवरुद्ध हुँदा स्थानीयलाई आवतजावत गर्न समस्या भएको खार्पुनाथ गाउँपालिका– ५ का प्रकाशबहादुर शाहीले बताए। तीन–चार स्थानमा पहिरोले सडक अवरुद्ध भएको शाहीले बताए। एक साताअघि परेको अविरल वर्षाको कारण खार्पुनाथ खण्डमा पहिरोले सडक नै क्षतविक्षत बनाएको हो।

अविरल वर्षाले याङ्चुनजिकै पहिरोले सडकमा ठूलो क्षति गरेको खार्पुनाथ गाउँपालिका– १ प्युसका धीरजन शाहीले बताए। सडक अवरुद्ध भएपछि खार्पुनाथ चल्ने बोलेरो जिपसमेत चल्न छोडेका छन्। सडक क्षतविक्षत भएपछि सरोकारवाला निकायले समेत चासो नदेखाएको स्थानीयहरूको भनाइ छ।