१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख ३० आइतबार
  • Sunday, 12 May, 2024
नयाँ पत्रिका काठमाडौं
२o८१ बैशाख ३० आइतबार १५:३८:oo
Read Time : < 1 मिनेट
ad
ad
मुख्य समाचार डिजिटल संस्करण

प्रधानन्यायाधीशले राजीनामा दिनुपर्ने निष्कर्षमा सर्वोच्चका न्यायाधीशहरू अडिग

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ बैशाख ३० आइतबार १५:३८:oo

सर्वोच्च अदालतका न्यायाधीशहरू प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराले राजीनामा दिनुपर्ने विषयमा अडिग रहेका छन्। बुधबार छलफलमा जुटेका सर्वोच्चका न्यायाधीशहरूले प्रधानन्यायाधीशले राजीनामा दिएर मार्गप्रशस्त गर्नुपर्नेमा अडिग रहने निष्कर्ष निकालेकाे छलफलमा सहभागी एक न्यायाधीशले बताए।

पछिल्लो घटनाक्रमलाई मध्यनजर गर्दै यसअघिकै निष्कर्षमा अडिग रहेको ती न्यायाधीशले जानकारी दिए। प्रधानन्यायाधीश जबराले दुई दिनसम्मको शून्य सुनुवाइको अवस्था रोक्न आज आफूसहितको इजलास तोकेर फैसला गरेपछि न्यायाधीशहरू राजीनामा दिनुपर्नेमा अडिग रहेका हुन्।

अदालतको अवहेलना, सम्पत्ति शुद्धीकरण, बन्दीप्रत्यक्षीकरणको दुईवटा मुद्दा र एउटा कालोबजार तथा अन्य केही सामाजिक अपराधसम्बन्धी कसुरसम्बन्धी मुद्दामा जबराले आफ्नो पेसी तोकेका थिए।

ad
ad