१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Friday, 04 July, 2025
नयाँ पत्रिका काठमाडौं
Invalid date format १३:o२:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

प्रधानन्यायाधीशको एकल इजलास बस्यो, पाँच मुद्दामा सुनुवाइ

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
Invalid date format १३:o२:oo

प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणाले आफ्नो इजलासमा तोकेका मुद्दामा आदेश गरेका छन्। बुधबारका लागि प्रधानन्यायाधीश राणाले आफ्नो एकलसहित ११ वटा इजलास तोकेका थिए। उनीबाहेकका न्यायाधीशको इजलास बुधबारपनि बस्न सकेन।  

जबराले आफूलाई तोकेका पाँचवटै मुद्दामा आदेश गरेर शून्य सुनुवाइ रोकेका छन्। दुई दिनपछि आज सर्वोच्चमा मुद्दामा सुनुवाइ भएको हो। अदालतको अवहेलना, सम्पत्ति शुद्धीकरण, बन्दीप्रत्यक्षीकरणको दुईवटा मुद्दा र एउटा कालोबजार तथा अन्य केही सामाजिक अपराधसम्बन्धी कसुरसम्बन्धी मुद्दामा जबराले आफ्नो पेसी तोकेका थिए। जबराले पहिलो मुद्दा तामेलीमा पठाउने आदेश गरेका छन्। दाेस्रो निवेदन फिर्ता गर्ने, तेस्रो र चौथोमा कारणदेखाऊ आदेश र पाँचौँमा कैफियत प्रतिवेदन माग गर्ने आदेश भएको छ।