१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ जेठ ५ शनिबार
  • Saturday, 18 May, 2024
नयाँ पत्रिका काठमाडाैं
२o८१ जेठ ५ शनिबार o९:o६:oo
Read Time : < 1 मिनेट
ad
ad
समाचार डिजिटल संस्करण

नेपालले हिन्दुत्वको प्रतिनिधित्व गर्नुपर्छ : शंकराचार्य

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
२o८१ जेठ ५ शनिबार o९:o६:oo

भारतको उडिसा राज्यको जगन्नाथपुरीस्थित गोबर्द्धन मठका शंकराचार्य स्वामी श्रीनिश्चलानन्दले नेपालमा हिन्दुत्वको प्रतिनिधित्व आवश्यक भएको बताएका छन् । 

भैरहवामा आयोजित धर्मसभालाई सम्बोधन गर्दै शंकराचार्य स्वामी श्रीनिश्चलानन्दले भने, ‘हिन्दुत्वको प्रतिनिधित्व हुन आवश्यक छ, त्यसो नभए समस्या भइरहन्छ ।’ उनले नेपाललाई हिन्दूराष्ट्रका रूपमा पुनर्स्थापित गर्नुपर्नेमा जोड दिए । नेपालको सुरक्षाका लागि पनि हिन्दूराष्ट्र जरुरी रहेको उनको दाबी छ ।

भैरहवाको महेन्द्र सभागृहको सभाहलमा आयोजित धर्मसभालाई सम्बोधन गर्दै श्रीनिश्चलानन्दलले नेपाल, भारत, बंगलादेश, पाकिस्तान, श्रीलंका, बर्मा, भुटान र तिब्बतको हिस्सा हुँदै मानसरोवरसम्म हिन्दुत्वको प्रभाव बढाउने पनि बताए । उनले भने, ‘पूरा एसिया महाद्वीप हिन्दूराष्ट्रका रूपमा स्थापित हुनेछ ।’

श्रीनिश्चलानन्दले सनातन आर्य वैदिक हिन्दूलाई मान्ने हरेक व्यक्ति ज्ञानबाट आरक्षित र दुर्व्यसनबाट मुक्त हुँदै आर्थिक रूपले पनि सम्पन्नशाली हुँदै जाने बताए । उनले  पूरा विश्व अर्थका लागि क्रान्ति गरिरहेको छ भन्दै आर्थिक विपन्नता हटाउने माध्यम नै सनातन आर्य वैदिक हिन्दुत्वको अंगीकार  भएको बताए ।

नेपालका धर्मगुरुहरूको उपस्थिति रहेको उक्त धर्मसभामा शंकराचार्य स्वामी श्रीनिश्चलानन्दलाई सम्मानसमेत गरिएको थियो । कृष्णप्रसाद शर्माको अध्यक्षतामा सम्पन्न धर्मसभामा शंकर खराल, डा. चिन्तामणि योगी, व्यासआचार्य किशोर गौतमले नेपालको धार्मिक अवस्थाबारे आफ्ना धारणा राखेका थिए । रासस

ad
ad