१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024
गणेश लम्साल विराटनगर
२०७८ कार्तिक ६ शनिबार ०६:४१:००
Read Time : > 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

बेमौसमी  वर्षाले प्रदेश १ का ६ जिल्लामा ६२ जनाको मृत्यु , १३ बेपत्ता 

२० जना घाइते,चार हजार बढी विस्थापित 

Read Time : > 1 मिनेट
गणेश लम्साल, विराटनगर
२०७८ कार्तिक ६ शनिबार ०६:४१:००

बेमौसमी वर्षाको बाढी र पहिरो प्रकोपबाट प्रदेश १ मा हालसम्म ६२ जनाको मृत्यु भएको छ । २० जना घाइते भएका छने भने १३ जना अझै बेपत्ता छन् ।  प्रदेश १ प्रहरी कार्यालय विराटनगरले शुक्रबार जानकारी  अनुसार बैमौसमी वर्षाले गर्दा बिहीबारसम्ममा बाढी र पहिरोको प्रकोपबाट सबैभन्दा बढी पाँचथर,इलाम र सुनसरीमा सबैभदा बढी  मानवीय क्षति भएको छ । पाँचथरमा पहिरोमा परेर २८, इलाममा १४, सुनसरीमा ८ र धनकुटामा ७  जनाको ज्यान गएको छ ।  

पाँचथरको कुम्मायक गाउँपालिका, मिक्लाजुङ गाउँपालिका, फिदिम नगरपालिका र फाल्गुनन्द गाउँपालिकामा पहिरोले घर पुरिँदा २८ जनाको मृत्यु भएको हो । त्यहाँ  १० जना घाइते भएका छन् भने  ६ जना अझै बेपत्ता छन्  । यसैगरी इलामको  फाकफोकथुम गाउँपालिका, सुर्याेदय नगरपालिका, देउमाई नगरपालिका, माई नगरपालिका र माङसेबुङ गाउँपालिकामा बाढी पहिरोको कारण १४ जनाको मृत्यु भएको छ । यहाँ पाँच जना घाइते भएका छन् भने  एक जना अझै बेपत्ता छन् । 

धनकुटाको चौबिसे गाउँपालिकामा बाढी पहिराका कारण ७ जनाको मृत्यु भएको ।  पाँच जना घाइते भएका छन् ।सुनसरीको धरान उपमहानगरपालिका र भोक्राहा नरसिंह गाउँपालिकामा बाढी पहिरोको कारण ८ जनाको मृत्यु भएको छ । तीन जना बेपत्ता  छन् । 

मोरङको विराटनगर महानगरपालिका १२ मा १ जनाको मृत्यु भएको छ । भोजपुरको राम प्रसाद राई गाउँपालिका ६ मा खोलाले बगाएर १ जनाको मृत्यु भएको छ । उदयपुरको त्रियुगा नगरपालिका र उदयपुर गढी गाउँपालिकामा बाढीका कारण एक एक जनाको मृत्यु भएको छ ।  

सयाैँ घर डुबानमा, चार हजार बढी बिस्थापित 
प्रदेश १ मा बेमौसमी वर्षाका कारण सयौं घर डुबानमा परेका छन । जसले गर्दा  चार हजार भन्दा बढी मानिसहरु विस्थापित भएका थिए  ।  डुवान भएको क्षेत्रमा सुरक्षाकर्मी  परिचालन भई विस्थापित भएका मानिसहरुलाई सुरक्षित स्थानतर्फ स्थानान्तरण गर्ने कार्य भइरहेको र धेरै जना आफ्नो घर फर्किसकेको प्रदेश १ प्रहरी प्रवक्ता नविन राईले बताए ।