मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणनयाँ यात्रा २०२५अर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश२०औं वार्षिकोत्सव बिशेषांक
  • वि.सं २o७८ कार्तिक ५ शुक्रबार
  • Friday, 14 August, 2026
नयाँ पत्रिका काठमाडौं
२o७८ कार्तिक ५ शुक्रबार १६:२५:oo
Read Time : < 1 मिनेट
सप्तरंग डिजिटल संस्करण

फातसुङ उपन्यासको अंग्रेजी अनुवाद नेपाल, भारत र युकेबाट एकसाथ सार्वजनिक

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o७८ कार्तिक ५ शुक्रबार १६:२५:oo

पहिचानका लागि गरिएको गोर्खाल्यान्ड आन्दोलनबारे भारतीय मूलका नेपाली लेखक छुदेन काविमोले लेखेको उपन्यास फातसुङको अंग्रेजी अनुवाद सङ अफ द सोयल बजारमा आएको छ। लेखक एवं प्रकाशक अजित बरालले गरेको अनुवाद नेपालमा फाइनप्रिन्ट, भारतमा रचना बुक्स र बेलायतमा बलेस्टियर प्रेसले प्रकाशन गरेका छन्।

सन् २०१९ मा सर्वप्रथम नेपालीमा प्रकाशित फातसुङ बङ्ला भाषामा प्रकाशित छ भने हिन्दीमा प्रकाशन हुने क्रममा छ। आफ्नो कृति अंग्रेजीमा अनुवाद भएकोमा खुसी साट्दै लेखक काविमोले भने, ‘अनुवाद त्यो पुल हो, जसले एउटा भाषालाई अर्को भाषासँग जोड्छ। एउटा साहित्यलाई अर्को साहित्यसँग जोड्छ। र एउटा समाजलाई अर्को समाजसँग जोड्छ। फातसुङ अहिले त्यही पुलपछिको नयाँ यात्रामा छ। आशा राखाैँ, यहाँबाट आमअंग्रेजी पाठकले एउटा सुन्दर यात्रा हिँड्नेछन्, जहाँ दार्जपलिङे जीवनका केही भोगाइ छन्। केही सुस्केरा छन्। सबैभन्दा धेर अधुरो सपनाको एउटा गीत छ, जसलाई अंग्रेजी पाठकले पक्कै गुनगुनाउनेछन्।’

अनुवादक अजित बरालले भने, ‘अन्तर्राष्ट्रिय साहित्यलाई फाट्टफुट्ट भए पनि नेपालीमा अनुवाद गर्ने काम भएका छन्। तर, नेपाली साहित्यको अंग्रेजी वा अन्य भाषामा राम्रो अनुवाद भएकै छैन भने पनि हुन्छ। त्यसैले स्तरीय नेपाली साहित्यलाई अन्तर्राष्ट्रिय स्तरमा पुर्‍याउन हामी नेपाली साहित्यलाई अंग्रेजीमा अनुवाद गर्ने प्रयासमा लागेका छौँ । त्यही प्रयासको प्रतिफल हो सङ अफ द सोयल।’ सशस्त्र माओवादी द्वन्द्वसँग धेरै समानता राख्ने दार्जिलिङको पहिचानको संघर्षको सुन्दर कथा र छुदेन काविमोको भाषिक मिठासले फातसुङको अनुवाद गर्न आफूलाई प्रेरित गरेको उनले बताए।