१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Tuesday, 01 July, 2025
गणेश लम्साल विराटनगर
Invalid date format १५:o७:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

प्रदेश १ सभामा विश्वासको मत लिने प्रस्ताव प्रस्तुत, आइतबार मतदान हुने  

Read Time : < 1 मिनेट
गणेश लम्साल, विराटनगर
नयाँ पत्रिका
Invalid date format १५:o७:oo

अल्पमतमा रहेका प्रदेश १ का मुख्यमन्त्री भीमप्रसाद आचार्यले विश्वासको मत लिने प्रस्ताव शुक्रबार प्रदेश सभा बैठकमा प्रस्तुत गरेका छन्। शुक्रबार संसद्को बैठकमा उनले बहुमत सांसदहरूले आफूलाई साथ दिने भएकोले विश्वासको मत लिन सफल हुने दाबी गरे।    

शुक्रबार बसेको कार्यव्यवस्था समितिको बैठकपछि मुख्यमन्त्री आचार्यले प्रदेश सभाको शुक्रबारको बैठकमा संविधानको धारा १८८ को उपधारा २ तथा प्रदेश १ को प्रदेश सभा नियमावली २०७४ को नियम १२८ को उपनियम ४ बमोजिम विश्वासको मत लिने प्रस्ताव प्रस्तुत गरेका हुन्।  

मुख्यमन्त्रीले प्रस्ताव पेस गरिसकेपछि सभामुख प्रदीपकुमार भण्डारीले ७ कात्तिक आइतबार दिउँसो साढे १२ बजेसम्मका लागि संसद्को बैठक स्थगित गराएका छन्। दर्ता भएको उक्त प्रस्तावउपर प्रक्रिया मिलाएर  मतदान भने आइतबार हुने प्रदेश सभा सचिवालयले जनाएको छ। १० भदौमा नियुक्त भएका मुख्यमन्त्री आचार्यले २५ असोजमा प्रदेश सभा सचिवालयमा विश्वासको मत लिने प्रस्ताव दर्ता गराएका थिए।