१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७८ कार्तिक ४ बिहीबार
  • Thursday, 03 July, 2025
२o७८ कार्तिक ४ बिहीबार १७:४७:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

ओलीकै कारण मुलुक कायापलट गर्ने कम्युनिस्टकाे शक्ति गुम्यो : राजेन्द्र पाण्डे

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o७८ कार्तिक ४ बिहीबार १७:४७:oo

नेकपा (एकीकृत समाजवादी)का बागमती प्रदेश सभा सांसद राजेन्द्र पाण्डेले नेकपा एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीकै कारण मुलुक कायापलट गर्ने कम्युनिस्टको शक्ति गुमेको बताएका छन्। मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले पेस गरेको विश्वासको मतसम्बन्धी प्रस्तावमा भइरहेको छलफलका क्रममा उनले यस्तो बताएका हुन्।

‘१७४ सिटको कम्युनिस्टहरूको बहुमत रहेको प्रतिनिधिसभामा कम्युनिस्ट दुईतिहाइ बहुमतको नजिक थियौँ। आठ सांसदको संख्या थप हुँदा संविधान बदल्न सक्ने तागत हुन्थ्यो, ’उनले भने, ‘यो देशमा ठूलाठूला योजनाहरू निर्माण गर्न सक्ने कायापलट गर्न सक्ने तागत राख्थ्यो। त्यो तागतलाई समाप्त पार्ने काम कसले गर्याे ? एउटा कम्युनिस्ट पार्टीको सरकार हुँदा दुई दुइपटक संसद् विघटन गरियो। विध्वंश गर्ने काम भयो।’

पाण्डेले एमालेका तर्फबाट मुख्यमन्त्री बनेकी शाक्यले ओलीको कदमलाई साथ दिँदा हिजो ओली प्रवृत्तिविरुद्ध सँगै उभिए पनि आज एकअर्काको विरुद्ध हुनुपर्ने अवस्था आएको बताए। ‘अष्टलक्ष्मी शाक्यको विरुद्ध राजेन्द्र पाण्डे उभिने दिन आयो। उहाँलाई नै अगाडि सारेर यसअघिका मुख्यमन्त्री डोरमणि पौडेलविरुद्ध अविश्वास प्रस्ताव पेस गरेका थियौँ,’ पाण्डेले भने । 

पाण्डे एमालेबाहेकको गठबन्धनका तर्फबाट मुख्यमन्त्रीका दाबेदारका रूपमा प्रस्तुत भएका छन् । उनले आफूलाई सिंगो गठबन्धनका तर्फबाट ५९ सांसदको साथ रहेको दाबी गरेका छन् ।