१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ जेठ ६ आइतबार
  • Sunday, 19 May, 2024
नयाँ पत्रिका काठमाडौं
२o८१ जेठ ६ आइतबार १७:o७:oo
Read Time : < 1 मिनेट
ad
ad
अर्थ डिजिटल संस्करण

राष्ट्र बैंकको निर्देशनले लगानीकर्तालाई राहत, नेप्से ६० अंकले बढ्यो

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ जेठ ६ आइतबार १७:o७:oo

दैनिकजसो ओरालो लागेको सेयर बजारमा नेपाल राष्ट्र बैंकको निर्देशनले सकारात्मक प्रभाव पारेको छ। दसैँपछि आइबार बढेको बजार बैंकहरूको ब्याजदरको प्रतिस्पर्धाका कारण सोमबार झन्डै २४ सयको बिन्दुमा झरेको थियो। मंगलबार साँझ राष्ट्र बैंकले १० प्रतिशतभन्दा बढी ब्याजदर बढाउन नपाउने निर्देशन जारी गरेपछि सेयर लगानीकर्तामा मनोवैज्ञानिक रूपमा सकारात्मक  प्रभाव परेको देखिएको छ।

बुधबार नेप्से सूचक ६०.५६ अंकले बढेर दुई हजार ५ सय ७१.६६ बिन्दुमा पुगेको छ । त्यस्तै, ‘क’ वर्गका कम्पनीको सेन्सेटिभ इन्डेक्स १२.०९ बिमा पुगेर बन्द भएको छ ।

आज धितोपत्र र ऋणपत्र गरी कारोबारमा आएका २१७ कम्पनीको ६१ लाख कित्ता सेयर खरिद बिक्री हुुँदा २ अर्ब ६७ करोड ९० लाख रुपैयाँबराबरको कारोबार भएको छ।

यसदिन कारोबारमा आउने १३वटै समूहको सूचक सकारात्मक बन्दा फाइनान्स र जलविद्युुत् समूहको सूूचक सर्वाधिक बढेको छ। आज ५ कम्पनीको सेयर सर्किट मूल्यमा कारोबार भएको छ। आँखु खोला जलविद्युत् कम्पनी, युनिभर्सल पावर कम्पनी, मैलुङ खोला जलविद्युत परियोजना, सिइडिबी हाइड्रोपावर र नेसनल हाइड्रोपावर कम्पनीको सेयर मूल्य १० प्रतिशतले बढेर सर्किट मूल्यमा कारोबार भएको  हो। 

ad
ad