१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ जेठ २ बुधबार
  • Wednesday, 15 May, 2024
२o८१ जेठ २ बुधबार १६:१o:oo
Read Time : < 1 मिनेट
ad
ad
समाचार डिजिटल संस्करण

बझाङको खप्तड छान्नामा पहिरोले पुरिएर पाँचजनाको मृत्यु

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८१ जेठ २ बुधबार १६:१o:oo

आइतबारदेखिको अविरल वर्षाका कारण पहिरो जाँदा पहिरोले च्यापिएर बझाङको खप्तड छान्ना गाउँपालिकामा पाँचजनाको मृत्यु भएको छ। मृत्यु हुनेमा खप्तड छान्ना गाउँपालिका– ४ माझीगाउँका धर्मराज रोकाया र उनकी श्रीमती जयसरा रोकाया, वडा नम्बर ५ कालुखेतीका वीरु गिरी र उनकी श्रीमती चन्द्रा गिरी र धनराज जोशी रहेका छन्।

आइतबारदेखिको अविरल वर्षाका कारण गएकाे पहिरोमा पुरिएर उनीहरूको मृत्यु भए पनि सञ्चार सेवा अवरुद्ध हुँदा जानकारी ढिला भएको स्थानीय वीरेन्द्रबहादुर सिंहले बताए।

पहिरोमा च्यापिएर मृत्यु भएका सबैको शव एक्स्काभेटर लगाएर निकालिएको छ। पहिरोले च्यापिएर मृत्यु भएको खबर प्राप्त भएपछि जिल्ला प्रहरी कार्यालयबाट प्रहरी टोली घटनास्थलतर्फ लागेको छ।

ad
ad