मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं २o७८ कार्तिक २ मंगलबार
  • Thursday, 10 July, 2025
नयाँ पत्रिका वासिङ्टन
२o७८ कार्तिक २ मंगलबार १३:१४:oo
Read Time : < 1 मिनेट
विश्व डिजिटल संस्करण

रुसले आयोजना गरेको अफगानिस्तानबारेको वार्तामा अमेरिका सहभागी नहुने

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, वासिङ्टन
नयाँ पत्रिका
२o७८ कार्तिक २ मंगलबार १३:१४:oo

अफगानिस्तानबारे यसै हप्ता आयोजित वार्तामा संयुक्त राज्य अमेरिका सहभागी नहुने भएको छ । यसै हप्ता अफगानिस्तानका विषयमा रुसले वार्ताको आयोजना गरेको छ। तर, सो वार्तामा आफू सहभागी नहुने अमेरिकी विदेश मन्त्रालयले विज्ञप्ति प्रकाशन गरेर जानकारी दिएको छ।

अमेरिकी विदेश मन्त्रालयका प्रवक्ता नेड प्राइसले भनेका छन्, ‘केही प्राविधिक कारणहरूले गर्दा रुसले आयोजना गरेको वार्तामा हामी सहभागी हुन सक्दैनौँ ।’ तर, ती के प्राविधिक कारण हुन् भन्नेबारेमा भने उनले केही बताएका छैनन्।

उता रुसका विदेशमन्त्रीले भने यसै हप्ता रुसले अफगानिस्तानका विषयमा वार्ताको आयोजना गरेको र त्यसमा अमेरिकालाई पनि आमन्त्रण गरिएको बताएका थिए। रासस