१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Friday, 04 July, 2025
Invalid date format १३:१o:oo
Read Time : > 1 मिनेट
समाचार डिजिटल संस्करण

चीनद्वारा हुम्लालाई दुई करोड ६० लाखबराबरको राहत सामग्री सहयोग

Read Time : > 1 मिनेट
नयाँ पत्रिका
Invalid date format १३:१o:oo

चीन सरकारले हुम्लालाई दुई करोड ६० लाख रुपैयाँबराबरको राहत सहयोग गरेको छ। चीनको पुराङ काउन्टीले हुम्लालाई १३ लाख चिनियाँ युआनबराबरको खाद्यान्न र स्वास्थ्य सामग्री उपलब्ध गराएको हो।

आठ सय बोरा चामल, चार हजार ६ सय ८० बोरा मैदा, ६ हजार पिस एन– ९५ मास्क, ५८ हजार सर्जिकल मास्क, १० हजार पिस हाते पञ्जा, सात सय ५० केजी स्यानिटाइजर, दुई हजार पिस सानो स्यानिटाइजर, दुई हजार तीन सय पिस सेतो पञ्जा, पाँच हजार पिस एनटिजेन किट, एक हजार पिस फेस मास्क र एक सय ६० थान थर्मोगन सहयोग उपलब्ध गराएको नाम्खा गाउँपालिकाका अध्यक्ष विष्णुबहादुर तामाङले जानकारी दिए। यस वर्षभरिमा तीन करोड हाराहारीमा राहत सामग्री आएको अध्यक्ष तामाङले बताए।

प्रत्येक वर्ष चीन सरकारले नाम्खा गाउँपालिकालाई सहयोग गर्दै आएको छ। नाम्खा गाउँपालिका– ६ लिमीमा एक हजार आठ सय ४५ बोरा मैदा, २० बोरा चामल, नाम्खा गाउँपालिका– ५ को यारी गाउँलाई तीन सय ३० बोरा मैदा, एक सय ६५ बोरा चामल र यारीको नेम गाउँलाई ७० बोरा मैदा र ३० बोरा चामल हस्तान्तरण हुने अध्यक्ष तामाङले बताए। मुचु गाउँलाई तीन सय ४८ बोरा मैदा, एक सय १४ बोरा चामल, चाला गाउँलाई एक सय ८० बोरा मैदा, ६० बोरा चामल, याल्वाङलाई दुई सय ४० बोरा मैदा, ९६ बोरा चामल, याङगारलाई एक सय ७० बोरा मैदा, ६८ बोरा चामल, याल्वाङ गुम्बालाई दुई सय ६० बोरा मैदा दिने निर्णय भएको तामाङले बताए।

यसैगरी, सिटिजन्स बैंक याल्वाङलाई १० बोरा चामल र वडा नम्बर २ लाई  दुई सय २२ बोरा मैदा,  वडा नम्बर ३  लाई दुई सय ४६ बोरा मैदा  र वडा नम्बर १ लाई चार सय १२ बोरा मैदा दिइने भएको छ। सशस्त्र प्रहरी बल बिओपी हिल्सालाई ७५ बोरा चामल र २५  बोरा मैदा तथा हिल्साका स्थानीयवासीलाई एक सय २५ बोरा मैदा, ६० बोरा चामल दिइनेछ। नेपाल प्रहरी हुम्लालाई १० बोरा  चामल, प्रहरी चौकी यारीलाई  पाँच बोरा मैदा र २० बोरा चामल, प्रहरी चौकी याल्वाङलाई पाँच बोरा मैदा र २० बोरा चामल दिइने तामाङले जानकारी दिए।